रूपन्देहीमा निर्वाचनको तयारी पूरा « Khabarhub

रूपन्देहीमा निर्वाचनको तयारी पूरा


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिद्धार्थनगर – जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बिहीबार हुने निर्वाचन प्रक्रियाअन्तर्गत मौनअवधि सुरु भइसकेको अवस्थामा खटिएका कर्मचारी निर्वाचन सामग्री लिई तोकिएको मतदान केन्द्रमा पुगिसकेको कार्यालयले जनाएको हो । 
 
मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले मतदान तथा मतगणनासम्बन्धी व्यवस्थापकीय कामकारवाहीलाई तीव्रता दिएको र जिल्लाका पाँचै निर्वाचन क्षेत्रको शान्ति सुरक्षाको व्यवस्थासहित आवश्यक पूर्वतयारीको काम पूरा भएको जानकारी दिए । 

निर्वाचनका लागि जिल्लाका २१३ मतदान स्थलअन्तर्गत ७३६ मतदान केन्द्रको तयारी पूरा भएको र सुरक्षाको व्यवस्था पनि चुस्त पारिएकाले ले निर्धक्क भई मतदान गर्न उनले आग्रह गरे ।  
 
जिल्लाभर खटिएका ७३६ मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत आआफ्नो कार्यक्षेत्रमा खटिएका छन् । निर्वाचनका क्रममा जिल्लामा चार हजार ४०४ कर्मचारी तथा दुई हजार २०३ स्वयम्‌सेवक परिचालन गरिएका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा कूल छ लाख ७२ हजार ५२३ मतदाता रहेका छन् । पाँचै क्षेत्रमा मतगणनास्थल तयारीसमेत अन्तिम चरणमा पुगेको, गणनास्थल र आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान तथा तारजाली व्यवस्थापन गरी सुरक्षा प्रबन्ध कडा पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ६ : ०३ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा