लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न « Khabarhub

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरभित्र स्थापना गरिएको ‘बाल संसद’ को नमुना सत्र सम्पन्न गरेको छ ।

नेपालमै विद्यालयस्तरमा नियमित रूपमा सञ्चालन हुने यस्तो नमुना संसद् अभ्यास उक्त विद्यालयमा मात्र सञ्चालन हुँदै आएको दाबी गरिएको छ । 

विद्यार्थीहरूलाई नेतृत्व विकास, संसदीय अभ्यास, तर्क–वितर्क क्षमता, निर्णय प्रक्रिया तथा लोकतान्त्रिक मूल्य–मान्यताबारे व्यवहारिक अनुभव दिलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

कार्यक्रमको उद्घाटन पूर्व संसद् महासचिव भरत राज गौतमले गरे । क्रममा उनले संसद् सञ्चालन प्रक्रिया, लोकतान्त्रिक अभ्यासको महत्त्व तथा युवापुस्ताको भूमिकाबारे विस्तृत रूपमा प्रकाश पारे । उनले विद्यार्थीहरूले आफैँ सभामुख, प्रधानमन्त्री, मन्त्री तथा प्रतिपक्षको भूमिकामा रहेर प्रस्तुत गरेको कार्यसम्पादनको उच्च प्रशंसा गर्दै यस्ता अभ्यासले भविष्यका सक्षम नेतृत्व निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

 कार्यक्रममा विद्यालयका प्रमुख गुठियार डा. यशोधरा पन्त, निर्देशक डा. देवकान्त जोशी तथा प्राचार्य बादल प्रधान को विशेष उपस्थिति रहेको थियो। साथै, संसद्मा सहभागी विद्यार्थीहरूका अभिभावकहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो । अभिभावकहरूले विद्यालयले अध्ययनसँगै व्यवहारिक तथा नेतृत्वमूलक गतिविधिमा दिएको प्राथमिकताको प्रशंसा गरेका थिए ।

सोही अवसरमा प्राचार्य बादल प्रधानले यस्तो प्रकारको कार्यक्रमले विद्यार्थीहरूको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।  

त्यसैगरी निर्देशक डा. देवकान्त जोशीले ‘हामीले बाल संसद् किन स्थापना गर्‍यौँ भने, यो पूर्ण रूपमा विद्यार्थीहरूका लागि बनाइएको अभ्यास हो। यस्तो अभ्यास हाम्रो विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ, जुन हाम्रो लागि गर्वको विषय हो,’ भनी आफ्नो धारणा व्यक्त गरे ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ५ : ३० बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका