आन्दोलनरत प्राध्यापकलाई एमयूको चेतावनी : ‘वार्तामा नआए ताला खोलिन्छ’ « Khabarhub

आन्दोलनरत प्राध्यापकलाई एमयूको चेतावनी : ‘वार्तामा नआए ताला खोलिन्छ’


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत-मध्यपश्चिम विश्वविद्यालय (एमयू)ले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ ।

विश्वविद्यालयले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई बुधबार साँझसम्म वार्तामा आउन भनेको हो । विश्वविद्यालयले तालाबन्दीका कारण विद्यार्थी सङ्गठनसँग भएका सहमति कार्यान्वयन गर्न, एघारौँ सभासम्बन्धी तयारी गर्न, बजेट निकासा र खर्चको प्रक्रिया एवं दैनिक प्रशासनिक कार्यसञ्चालन गर्न अवरोध पुगेको जनाएको छ ।

विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय वार्ता समिति र प्राध्यापक सङ्गठनबीच पटक-पटक वार्ता भए पनि सहमति हुनसकेको थिएन ।विश्वविद्यालयले निष्काशित गरेका दुई प्राध्यापकलाई पुनःवहालीको माग गरी प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र आंशिक प्राध्यापक सङ्गठन आन्दोलित छन् ।

विश्वविद्यालयले साँझसम्म वार्तामा नआए आफैँ ताला खोल्ने चेतावनी दिएको छ । ‘लामो समयसम्म तालाबन्दीको अवस्थामा राख्न नसकिने हुँदा लगाइएको ताला खोली विश्वविद्यालय प्रशासन दैनिक कार्यसम्पादन गर्न बाध्य हुने अवगत गराउँछौँ’, रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयमा देखिएका समस्यालाई वार्ता र सहमतिबाट समाधान गर्न विश्वविद्यालय नेतृत्व सदैव तयार छ ।’

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : ३७ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको