विदेशीलाई साउदीको नयाँ नियम- समयमै नफर्किनेलाई तीन वर्ष प्रतिबन्ध लगाउने « Khabarhub

विदेशीलाई साउदीको नयाँ नियम- समयमै नफर्किनेलाई तीन वर्ष प्रतिबन्ध लगाउने


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-  बिदामा गएका बिदेशी नागरिकले समयसीमा अर्थात् भिसाको म्याद नसकिँदै ३ वर्षसम्म प्रतिबन्ध लगाउने साउदी अरबले नयाँ नियम बनाएको छ ।

साउदी अरबको राहदानी महानिर्देशनालय (जवाजात) अफिसले बिदामा गएका बिदेशी नागरिकले भिसाको म्यादभित्रै फेरि साउदी नफर्किए ३ वर्षसम्म पुन: साउदी अरब प्रवेश गर्न नपाउने जनाएको छ ।

साउदी अरबबाट बिदामा गएकाहरुले भिसाको अवधि बाँकी हुँदै नफर्केमा तीन वर्षसम्म फर्किन नपाउने नियम लागु गरेको जवाजातलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ ।

तर रोजगारदाताले नयाँ भिसा उपलव्ध गराएमा भने त्यस्ता विदेशी नागरिकले सहजै प्रवेस पाउने छन् । घरेलु श्रमिकका रुपमा काम गर्न गएकाहरु ६ महिना भित्रमा साउदी अरब नफर्केमा उनीहरुको आवासीय अनुमति तथा भिसा स्वत: खारेज हुने जनाइएको छ ।

यसका साथै त्यहाँको गृह मन्त्रालयले आप्रबासन तथा रोजगारका नियम उलंघन गर्नेलाई संरक्षण, सहयोग नदिन र कोही कसैले नियम उलंघन गरी बसिरहेको देखेमा सरकारलाई खबर गर्न अनुरोध गरेको छ ।

गत महिना मात्र साउदीमा कानुन उल्लंघन गर्ने १६ हजार आप्रवासी कामदार पक्राउ परेका छन् । त्यहाँको आवासीय, श्रम र सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गर्नेहरुलाई पक्राउ गरी देश निकाला (डिपोर्ट) गरिरहेको जनाईएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : ४८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले