राष्ट्रसंघीय महासभामा सहभागी बनाउन तालिबानको आग्रह « Khabarhub

राष्ट्रसंघीय महासभामा सहभागी बनाउन तालिबानको आग्रह


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तालिबानले न्यूयोर्कमा जारी राष्ट्रसंघीय महासभामा सम्बोधन गर्न पाउनका लागि गरेको आग्रह अहिले बिचाराधिन अवस्थामा रहेको छ ।

अफगानिस्तानलाई गतमहिना नियन्त्रणमा लिएको तालिबान सरकारका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार संयुक्त राष्ट्रसंघमा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनुपर्ने अनुरोधसहितको पत्र पठाएका थिए ।

बिबिसीकाअनुसार त्यसका लागि तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसंघका लागि आफ्ना राजदूत नियुक्तसमेत गरेको छ ।

तालिबानको त्यस्तो अनुरोधलाई राष्ट्रसंघको एक निकाय क्रेडिन्सियल कमिटीले विचार गरिरहेको बताइएको छ । जसमा अमेरिका, चीन र रुस सहितका नौ देशहरू छन् ।

मंगलवार सुरु भएको महासभा आगामी सोमबार सकिनेछ । राष्ट्रसंघको नियम अनुसार त्यसबेलासम्म उक्त विश्व निकायका लागि अफगान राजदूतमा गुलाम इसाकजाई नै कायम रहनेछन् । महासभाको अन्तिम दिन अर्थात २७ सेप्टेम्बरमा उनले मन्तव्य दिने ठानिएको छ ।

यसअघि सन् १९९६-२००१ बीचमा पनि तालिबानले अफगानिस्तान नियन्त्रणमा लिंदा उनीहरूले हटाएको सरकारकै प्रतिनिधि राष्ट्रसंघमा राजदूतका रूपमा रहेका थिए ।

कतारले भने विश्व नेताहरूलाई एउटा आह्वान गर्दै तालिबानलाई संलग्न गराउन दबाब दिदैँ आएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : ११ बजे

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार