डा. खड्का परराष्ट्रमन्त्री नियुक्त, शपथलगत्तै न्यूयोर्क जाने « Khabarhub

डा. खड्का परराष्ट्रमन्त्री नियुक्त, शपथलगत्तै न्यूयोर्क जाने


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्री नियुक्त गरिएको हो ।

नवनियुक्तमन्त्री खड्काको बुधबार दिउँसो १ बजे शपथ हुने कार्यक्रम तय भएको छ । शपथपछि उनी सिंहदरबार गएर कार्यभार सम्हाल्ने छन् ।

कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन बुधबारै न्यूयोर्क जाने कार्यक्रमसमेत तय भइसकेको छ ।

सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : ५२ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व