काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आज (बुधबार) आफ्नो धारणा सार्वजनिक गर्दैछन् ।
दिउँसो १ बजे तीनकुनेमा पत्रकार सम्मेलन गरेर गच्छदारले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो भूमिका के हुने भन्नेबारे धारणा सार्वजनिक गर्न लागेका हुन् ।
महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने उनको तयारी रहेको बुझिएको छ ।
०७४ को आम चुनावअघि फोरम लोकतान्त्रिक पार्टी कांग्रेसमा समाहित गराएका गच्छदार बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि गुमनाम जस्तै थिए । उक्त मुद्दामा गच्छदार ३० असारमा १० लाख धरौटीमा रिहा भएका थिए ।
प्रतिक्रिया