भक्तमान श्रेष्ठ अपहरण प्रकरणका फरार अपराधी पक्राउ « Khabarhub

भक्तमान श्रेष्ठ अपहरण प्रकरणका फरार अपराधी पक्राउ


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा प्रकरणका एकजना फरार अपराधी पक्राउ परेका छन् ।

अपराधी ठहर भएर ९ वर्षको कैद सजाय पाएका राजेन्द्र पण्डितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीको उच्च स्रोतले जनायो ।

पण्डितलाई तत्कालीन पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार जरिवानाको सजाय सुनाएको थियो । उनलाई मंगलबार नुवाकोटको मुलाबारीस्थित आफ्नै घरमा बसेको अवस्थामा पक्राउ गरिएको स्रोतले जनाएको छ ।

उनी लामो समय भारतमा लुकेर बसेका थिए । घर आएको समयमा उनलाई सीआईबीले पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयनका लागि बुधबार उनलाई अदालतमा उपस्थित गराइँदै छ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १२ : ४१ बजे

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक