बाढीका कारण बाजुराका दर्जनौँ स्थानमा क्षति « Khabarhub

बाढीका कारण बाजुराका दर्जनौँ स्थानमा क्षति


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– सोमबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले बाजुराका दर्जनौँ स्थानमा अन्नबालीदेखि भौतिक संरचनामा क्षति गरेको छ ।

रातभर परेको मुसलधारे वर्षाका कारण बूढीनन्दा र बूढीगङ्गा नगरपालिका तथा जगन्नाथ र खप्तड छेडेदह गाउँपालिका क्षेत्रमा बढी क्षति पुगेको छ । बाढीका कारण खप्तड छेडेदह गाउँपालिका–६ र ७ मा विद्युत, नहर र अन्नबालीमा क्षति पुगेको छ । आटीचौरको सुर्का बजारमा दुईवटा पसलसमेत बाढीले बगाएर क्षति गरेको छ । बाढीले सुर्खा बजारमा धनबहादुर खड्का र खगेन्द्र खड्काको पसलमा पूर्ण क्षति पुगेको छ ।

यस्तै चाम्डेबगर लघुजलविद्युत आयोजनाको विद्यत्को नहर बगाएर क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध बनेको छ । सेवा अवरुद्ध बनेपछि सिङ्गो गाउँ नै अँध्यरोमा बस्न बाध्य भएका छन् । यस्तै सोही गाउँपालिका–६ मैतोलामा बस्ने हेमन्तनाथ, मनेनाथ, चन्द्रनाथलगायत स्थानीयवासीका खेतबारी र अन्नबाली सबै बगाएर क्षति गरेको छ ।

वर्षाका कारण सोही वडाका भरत गुयाल, अङ्गेनाथसहितका घरसमेत उच्च जोखिममा रहेको स्थानीयवासीसमेत रहेका व्यापारी मनवीरनाथले जानकारी दिए । अधिकांश बस्तीमा बाढी पसेको र घरका आँगनसमेत पहिरो लागेर चिराचिरा परेका छन् ।

यस्तै वर्षाले जगन्नाथ गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा हिँड्ने बाटाहरुसमेत भत्किएका छन् । जगन्नाथ गाउँपालिका–१ स्थित भवानी आधारभूत विद्यालयसम्म जाने गोरेटोबाटो भत्किएपछि बालबालिकालाई विद्यालय जान समस्या भएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

दिनमा चर्किलो घाम लाग्ने र रातिमा ठूलो पानी पर्ने गरेका कारण बाजुराका सयौँ बस्ती बाढीपहिराको उच्च जोखिममा छन् । साउन भदौमा वर्षाका कारण खासै समस्या नभए पनि विगत केही दिनदेखिको निरन्तर वर्षाले धानबाली भित्र्याउन समेत समस्या भएको किसान डबल रोकायाको भनाइ छ । नजिकै दसैँ आइरहेको छ, विगत चार महिनादेखि साँफे मार्तडी सडक र विभिन्न स्थानीय सडकमा यातायतातका साधनहरु सञ्चालन हुन सकेको छैन् । यातायातको साधन सञ्चालन नहुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी हुन नसकेर ती सामानको मूल्य आकासिएको स्थानीयवासीको भनाइ छ ।

सोमबारदेखि सडक खुलाउन पहल भए पनि लगातार पानी परेका कारण समस्या भएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ । रासस

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १२ : ४९ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको