मन्त्री नियुक्तिपछि कांग्रेसमा असन्तुष्टि, शशांकको घरमा पौडेल समूहको बैठक « Khabarhub

मन्त्री नियुक्तिपछि कांग्रेसमा असन्तुष्टि, शशांकको घरमा पौडेल समूहको बैठक


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा एकलौटी गर्दै आफ्नो समूहका नेताहरुलाईमात्र मन्त्री बनाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले बुधबार आफू निकटकै नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । खड्कासँगै मन्त्रिपरिषदमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री बनेका छन् । ती सबै देउवा निकटका हुन् ।

आफ्नो समूहबाट मन्त्री नबनाएपछि पौडेल समूह असन्तुष्ट बनेको एक नेताले जानकारी दिए । सोही विषयमा छलफल गर्न पौडेल समूहका नेताहरु महामन्त्री डा. शशांक कोइरालाको घरमा बैठकका लागि उपस्थित भएका छन् । डा. कोइरालाका स्वकीय सचिब भरत तिवारीले नेताहरु आउनेक्रम जारी रहेको बताए ।

सभापति देउवाले बुधबारै पादाधिकारी बैठकसमेत बोलाएका छन् । बुढानिलकण्ठमा दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको छ । सो बैठकले महाधिवेशनको कार्यतालिकाबारे निर्णय लिनेछ । सो विषयमा रणनीति बनाउन पनि पौडेल समूहको बैठक बस्न लागेको हो ।

यही असोज ५ गते भित्र सबै जिल्लाको वडा अधिवेशन सम्पन्न गरिसक्ने कार्यतालिका भए पनि अझै १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । वडा अधिवेशन नहुँदा यही असोज ९ गते देशभर एकसाथ गर्ने भनिएको स्थानीय तहको अधिवेशन प्रभावित हुने भएको छ । सोही विषयमा निर्णय लिन सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

कांग्रेसमा एकथरीले वडा अधिवेशन भइसकेका जिल्लामा स्थानीय तह अधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने अर्कोथरीले सबै जिल्लाको वडा अधिवेशनपछिमात्र स्थानीय तहको अधिवेशन गर्नुपर्ने बताएका छन् । पौडेल समूहमै यो विषयमा दुईथरी धारणा भएकाले यो विषयमा एकमत बनाउन सो समूहको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : ०७ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति