‘राधेश्याम’का प्रभास र पूजाबीच खटपट « Khabarhub

‘राधेश्याम’का प्रभास र पूजाबीच खटपट


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास फिल्म ‘राधेश्याम’मा पूजा हेगडेका साथ काम गरिरहेका छन् । केही दिनयता यो जोडीबीच खटपट भएको समाचार बाहिरिएको छ ।

समाचारअनुसार प्रभास पूजाको अव्यावसायिक व्यवहारबाट दिक्क मानिरहेका छन् । पूजाको खराब व्यवहार र सुटिङमा ढिलो आउने कारण प्रभास उनीसँग रिसाएका छन् । यहीकारण उनले पूजासँग बोलचाल बन्द गरेका छन् । तर फिल्मका निर्माताले मिडियामा आएको समाचारजस्तो आफ्ना कलाकारबीच त्यस्तो केही नभएको दाबी गरेका छन् ।

‘यो सबै खबर निराधार हो । प्रभास र पूजा एकअर्कालाई निकै सम्मान गर्छन् । दुवैको अफस्क्रीन बोण्डिङ राम्रो छ । जसकारण उनीहरुको अनस्क्रिन केमेष्ट्री पनि मिलेको छ । पूजा जहिल्यै समयमा नै सेटमा पुगेकी छन् । उनीसँग काम गर्न सजिलो छ । यो हल्ला कुनै कल्पनाको एक हिस्सा हो’, निर्माण कम्पनी यूवी क्रिएसनले भनेको छ ।

प्रभास यो फिल्ममा विक्रमादित्य नामको एक पाठकको भूमिका निभाउदैछन् । त्यस्तै पूजा प्रेरणा नामकी एक संगीत शिक्षकको भूमिकामा देखिँदैछिन् । फिल्मको अधिकांश दृश्य यूरोपमा छायांकन गरिएको छ । फिल्म सन् २०२२ को जनवरी १४ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : १२ बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग