लकडाउनमा लेखिएको र्यापर बिजेनको ‘मरे पछि’ « Khabarhub

लकडाउनमा लेखिएको र्यापर बिजेनको ‘मरे पछि’


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड महामारीपछिको दोस्रो चरणको निषेधाज्ञामा र्यापर बिजेन घरमा रमाउन सकेका थिएनन् । निषेधाज्ञाको फुर्सदको समयमा केही न केही काम गर्नुपर्छ भनेर उनले ‘मरे पछि’ बोलको गीत लेखे । त्यही गीतलाई उनले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

‘हस त नमस्ते’, ‘लोकल सोकल’, ‘गाउँकी नानी’, ‘लिम्बु हो कि नेवार’ जस्ता गीतका गायक बिजेनले डेब्यू एलबम ‘बिजेन’मा रहेको गीत ‘मरे पछि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

‘दोस्रो लकडाउन पछि म रमाउन सकेको थिइनँ । त्यसकारण त्यो समयमा केही काम गर्नुपर्छ भनेर मैले बिहान ४ बजेर ३० मिनेटमा जाँदा यो गीत ‘मरे पछि’ लेखें’, उनले भनेका छन् ।

बिजेनका अनुसार गीतले व्यक्ति र उसको वरपर रहेको सम्बन्धको बारेमा बोलेको छ । जीवनमा स्थायी केही नभएका कारण मानिसले अनुशासनमा रहेर खुशी जीवन बिताउन सक्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ ।

पीभीइ नेटवर्कले व्यवस्थापन गरिरहेको बिजेनको यो एलबम सन् २०२१ भित्रै रिलिज गर्ने तयारी गरिएको छ । उनी एलबमको प्रवद्र्धनका लागि नेपाल टुरमा निस्कदैछन् ।

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : २५ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित