सिन्धुपाल्चोकमा सभापतिका लागि आधा दर्जन आकांक्षी « Khabarhub

सिन्धुपाल्चोकमा सभापतिका लागि आधा दर्जन आकांक्षी


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा जिल्ला सभापतिको लागि झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् ।

उनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग छलफललाई तीब्रता दिएका हुन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले कांग्रेसको आउँदो महाधिवेशनमा जिल्ला सभापतिका लागि तयारी गरेको बताए । मङ्गलबार इन्द्रावती–४ को वडा अधिवेशन उद्घाटन गर्दै उनले जिल्ला सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिवसमेत रहेका तामाङले आफूलाई नेता तथा कार्यकर्ताको साथ रहेको बताए । “सभापति बन्नका लागि योग्य पनि छु, पार्टीका अन्य अग्रज नेताहरुको सल्लाह पनि छ, पार्टीभित्रकै साथीहरुको चाहना र इच्छाबमोजिम नेतृत्वका लागि तयार छु”, उनले भने ।

सिन्धुपाल्चोक कांग्रेसका पूर्वसचिवसमेत रहेका तामाङ गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाललाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसलाई एक ढिक्का बनाएर लैजान पनि आफ्नो नेतृत्व जिल्लाले खोजिरहेको तामाङको दाबी छ । “कांग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीका रुपमा अगाडि बढाउनु जिल्लामा कांग्रेसभित्र गुट र उपगुटको राजनीति अन्त्य गर्न सभापतिको उम्मेदवार हुन लागेको हुँ,” उनले भे । साथै तामाङले गाउँपालिका अध्यक्षमा नदोहोरिने बताए ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि सभापतिमा दाबी गरेका छन् । देशभरका स्थानीय तहमा उत्कृष्ट काम गरेर चर्चित बनेका शेर्पा जिल्ला सभापतिको तयारीमा लागेका छन् । उनले केन्द्रमा जस्तै जिल्लामा पनि गुटैगुट भएर कांग्रेसको सङ्गठन नै धरापमा परेकाले आफ्नो उम्मेदवारी गुटरहित कांग्रेस बनाउन रहेको बताए ।

जिल्लामा हालसम्म धेरैले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, क्षेत्रीय सभापतिद्वय आइतमान तामाङ र बालकृष्ण बस्नेत, हालका जिल्ला सभापति विकास लामा, पूर्वसचिव कृष्णप्रसाद न्यौपाने, पूर्वसभापति भूपेन्द्र थापा, महासमिति सदस्य प्रेमध्वज लामासमेत सभापतिको आकाङ्क्षी देखिएका छन् ।

पार्टीलाई एक ढिक्का बनाउन सहमतीय नेतृत्वको लागि छलफल चलाउन काँग्रेस कार्यकर्ताले चौतर्फी दबाब दिइरहेको नेपाली काँग्रेस सिन्धुपाल्चोकले जनाएको छ । रासस

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : ३२ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,