सुर्खेतमा बस दुर्घटना, ४ जना गम्भीर घाइते « Khabarhub

सुर्खेतमा बस दुर्घटना, ४ जना गम्भीर घाइते


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुर्खेतको सिम्तामा बुधबार बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । सिम्ता गाउँपालिका वडा नम्बर ४ को बजेडीचौरमा बुधबार बिहान यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपीले जानकारी दिए ।

उनका अनुसार सो बसमा २४ जना यात्रु रहेकोमा १२ जनालाई चोटपटक लागेको छ । ती मध्ये ४ जनालाई बढी चोट लागेको छ । सिम्ताका सन्तोष गिरी, सिम्ताकै आइती सुनार, बस चालक बाँकेको कोहलपुरका बिमोससिंह लामा र बाँकेको बैजनाथ गाउँपालिकाका बसका सहचालक बीरबहादुर बस्नेतलाई बढी चोट लागेको छ । उनीहरुको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।

ना ७ ख ६०६३ नम्बरको बस सडकबाट करिब १५ मिटर तल खसेको छ । सडक साँघुरो भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : ०६ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति