ललिता निवास प्रकरणमा मेरो संलग्नता छैन : गच्छदार (भिडियोसहित) « Khabarhub

ललिता निवास प्रकरणमा मेरो संलग्नता छैन : गच्छदार (भिडियोसहित)


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको प्रकरणमा आफूमाथि झुठो मुद्दा लगाइएको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी उनले सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि झुठो मुद्दा लगाएको तर्क गरे । उनले तत्कालीन ओली सरकारले आफूलाई फसाएकोसमेत आरोप लगाए । उनले अख्तियारले स्वतन्त्र रुपमा काम नगरी सरकारको छाँयाका रुपमा काम गरेको भन्दै तत्कालीन सरकारकै षडयन्त्रमा आफूमाथि मुद्दा लगाइएको जिकिर गरे ।

ललिता निवास जग्गा प्रकरणमा आफूले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा पेश मात्र गरेको उल्लेख गर्दै गच्छदारले आफूले व्यक्तिगत लाभ लिएर सरकारलाई कुनै हानी नगरेको दावी गरे । उनले प्रस्ताव पेश गरेको आरोपमा आफूमाथि मुद्दा चलाइएको तर अन्यलाई सफाइ दिएको भन्दै अख्तियारले छानीछानी मुद्दा लगाएको प्रतिक्रिया दिए ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नेसम्बन्धी प्रस्ताव तत्कालिन भौतिक पूर्वाधारमन्त्री गच्छदारले मन्त्रिपरिषदमा लगेको अख्तियारको दावी छ । तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले सो निर्णय गरेको थियो ।

अख्तियारले यसै विषयमा गच्छदारसमेत १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा वयान दिन गत असार ३० गते हाजिर भएका उनलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

हेरौँ भिडियो

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : २९ बजे

मन्त्रिपरिषद् बैठक बस्दै : के छ कार्यसूची

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

कैलाली – कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको

सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ?

काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट

प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

झापा वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा