सगरमाथाको बेसक्याम्‍पमा ‘फेसन शो’ « Khabarhub

सगरमाथाको बेसक्याम्‍पमा ‘फेसन शो’


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सगरमाथाको बेसक्याम्‍पमा ‘फेसन शो’ हुने भएको छ । फेसन शोमा नेदरल्याण्डी राजकुमारी र इटालीका राजकुमार सहभागी हुने भएका छन्।

बेसक्याम्पमा बिहीबार हुने फेशन सो हिमालको संरक्षण गर्ने विषयमा तथा जैविक संरक्षण गर्न विश्‍वको ध्यानाकर्षण गर्ने उद्देश्यले फेसन शो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

फेसन शो मा विश्‍वका १३ देशका अन्तर्राष्‍ट्रिय मोडलहरूले सहभागी जनाउने छन् । इटाली, डेनमार्क, बेलायत, पोल्याण्ड, रसिया, नेदरल्याण्ड, नेपाल र फिनल्याण्डका मोडल सहभागी हुने भएका छन् । सोही फेसन शो मा क्याप्टेन विजय लामाले वार्क र्‍याम्प गर्ने भएका छन् ।

कासा बुटिक डिजाइन, आरबी डायमण्ड र के फिल्म्सले फेसन शोको आयोजना गरेको हो । सहयोगी संस्थाहरू नेपाल पर्यटन बोर्ड, स्टार अस्पताल, ग्लोबल आइएइ बैंक, चिभास, द सोल्टी काठमाडौँ र इन्टरनेशनल सेरीकल्चर कमिसन लगायतका अन्य संस्था छन् ।

एल्स्यान्ड्रव जारिनो इटाली, जुलीया क्रिस्टिना मुलर डेनमार्क, आरोन गेज रिचार्ड बेलायत, हुर्बेट विकटोरक्वासप्रोवाइस पोल्याण्ड, जर्ज रोबर्ट रेन्स बेलायत, एकत्येरिना तेरेगुवा रसियन, बेन यसमिन हमौडा डेनमार्क, राजकुमारी एलीसा क्याटरिना इगर (नेदरल्याण्ड), राजकुमार कोसिमो मारिया डे मेडिसी डी टोसकाना डी ओटाजानो (इटाली), लुइस हेस डेनमार्क, रेहन श्रेष्‍ठ नेपाल, फीनल्याण्डकी टीया क्यामीला र पाउला मारिया सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ३ : ४८ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२