पार्टी फुटेको होइन, कुहिएका पात झरेका हुन् : ओली « Khabarhub

पार्टी फुटेको होइन, कुहिएका पात झरेका हुन् : ओली


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेर ‘केही कुहिएका पात झरेको’ बताएका छन् ।

बर्दिया जिल्लामा आयोजित एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाल पक्षहरुलाई ‘कुहिएका पात’को संज्ञा दिँदै पार्टी फुटेको नभइ पात झरेको बताएका हुन् ।

उनले भने,’पार्टी फुटेको होइन, केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् । अदालतले फैसला गर्‍यो भने उनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन ।’

उनले अनेक जालझेल गरेर जनादेशबाट होइन परमादेशबाट आफूहरुलाई प्रतिपक्षमा पठाइएको बताए । जनताको हातमा मतपत्र नपरेसम्म परमादेश सरकार सञ्चालन हुने दाबी गरे। उनले जनताका हातमा मतपत्र परेपछि विपक्षी दलले जनादेशको महत्व बुझ्ने दाबी गरे ।

ओलीले दुई तिहाईको सरकारले गरेको विकास देख्न नसकी पार्टीभित्रै पार्टीभित्रै मोर्चाबन्दी हुँदा यो स्थिति आएको बताए ।

विभिन्न प्रतिक्रियावादी शक्तिहरुले आफ्नो पालाको सरकारले गरेको विकास हेरेर आत्तिएको उनले दोहोर्‍याए । अध्यक्ष ओलीले अहिलेको गठबन्धनको मोर्चालाई देश विरोधी मोर्चाको सं‌ज्ञा दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : ०२ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने