डोको डालो बुन्ने पेशा सङ्कटमा | Khabarhub Khabarhub

डोको डालो बुन्ने पेशा सङ्कटमा


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– दलित समुदायको पुस्तौँदेखिको डोको डालो बुन्ने पुर्ख्यौली पेशा कच्चा पदार्थको अभावमा सङ्कटमा पर्न थालेको छ । बाँस र निगालो अभाव भएपछि यसको चोयाबाट बनाइने सामाग्री नपाउँदा उनीहरुको पेशा सङ्कटमा परेको हो ।

बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए ।

तिलाडी, समैजी मुद्राड, अमरगढी नगरपालिकालगायत जिल्लाका विभिन्न ठाउँमा यही पेशाका भरमा जीविकोपार्जन गर्दै आएको उक्त समुदायको पेशा सङ्कटमा पर्दै गएको छ ।

“बाँस र निगालो पाउन छाडेपछि आय आर्जनको बाटो बन्द भएको छ”, अमरगढी नगरपालिका–७ पोखरा गाउँकी मङ्गली कैनीले भने, “परिवार पाल्न धौधौ भएको छ ।” बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएको उनले पीडा सुनाए ।

अहिले दलित समुदायले बाँस र निगालो खोज्न विभिन्न वन जङ्गल चहार्नु परिरहेको छ । एक दिन हिँडेर अजयमेरुको खतेडा जङ्गलबाट निगालो काटेर ल्याउनुपरेको कैनीले बताए ।

“एक भारी निगालो रु पाँच सयमा खरिद गर्नुपर्छ”, उनले भने, “कतिपय बेला निगालो र बाँसका लागि दुई दिनको बाटो हिँड्नु पर्छ ।” टाढा टाढासम्म धाएर पनि बाँस र निगालो खोज्न जाँदा पनि नपाउने गरेको पीडा कैनीसँग छ ।

मेहनत र परिश्रमअनुसारको आम्दानी नहुँदा पनि दलित समुदाय पीडित बन्नुपरेको छ । त्यसैले उनीहरु वैकल्पिक पेशा रोज्न थालेका छन् ।

टाढाबाट कच्चा पदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागत खर्च अनुसारको आम्दानी नहुँदा दलित समुदायले हैरानी खेप्नु परिरहेको छ ।

“घरायसी सामग्रीको बजारमा माग भए पनि कच्चा पदार्थको अभावले सामग्री तयार गर्न सकेको छैन”, समैजी गाउँका जित पार्कीले भने । वन अतिक्रमणको समस्याका कारण पनि पछिल्लो समय बाँस र निगालो पाउन छाडेको छ ।

दलित समुदायले बाँस र निगालोको चोयावाट बन्ने प्रतिडोकोलाई रु पाँच सयदेखि रु सात सयसम्म बिक्री गर्ने गरेका छन् । यस्तै डालो, भकारी, मानो र नाङ्लो रु चार सयदेखि रु तीन हजार पाँच सयसम्ममा बिक्री गर्दैआएका छन् ।

दलित समुदायका युवा बाँस र निगालोको अभावका कारण यो पेशा छाड्न बाध्य छन् । निर्माण गरिएका सामग्री बिक्री गर्न बजारको समेत अभाव छ । नजिकका गाउँवस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भएपनि उचित मूल्य पाउन सकेका छैनन् । पछिल्लो समय बाँस र निगालोबाट निर्माण गरिएका सामग्री अभावका कारण धातु र प्लाष्टिकबाट निर्मित सामग्री प्रयोग गर्ने चलन बढ्दै गएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : ५९ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

आईपीएल : आज राजस्थान र पञ्जाव भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी

दोलखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

दोलखा– दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको

अर्थतन्त्रको बिग्रँदो स्वास्थ्य र आर्थिक प्रजातन्त्र

म अर्थशास्त्री होइन । अर्थतन्त्रको सञ्चालक पनि होइन । मसँग