कांग्रेस पदाधिकारी बैठक सिंहदरबारमा जारी « Khabarhub

कांग्रेस पदाधिकारी बैठक सिंहदरबारमा जारी

महाधिवेशन कार्यतालिका र मन्त्रीबारे छलफल


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सिंहदरबारमा जारी छ । बैठकमा मन्त्री चयन र महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटीरुपमा मन्त्री चयन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रोशित छ ।

बुधबार देउवाले आफू निकट डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका थिए । कांग्रेसले पाउने ७ मन्त्रीमध्ये देउवाले आफूनिकट ४ जनालाई मन्त्री बनाइसकेका छन् ।

अब बाँकी ४ मन्त्रीमा पौडेल र कृष्णप्रसा सिटौलालाई देउवाले कसरी भागबण्डा गर्छन् भन्ने विषय पेचिलो बनेको छ । बुधबार डा. खड्कालाई मन्त्री बनाएपछि पौडेल समूह आक्रोशित बनेको छ । पदाधिकारी बैठकअघि पौडेल समूहको बुधबारै छुट्टै बैठक महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बसेको थियो । सो बैठकमा मन्त्री चयनको विषयलाई कडा रुपमा उठाउने निस्कर्ष निकालिएको थियो।

यस्तै यसअघिको कार्यतालिका अनुसार असोज ५ सम्म सबै जिल्लाको वडा अधिवेशन हुन नसकेपछि स्थानीय तहको अधिवेशन प्रभावित हुने भएको छ । यही असोज ९ गते ७५३ वटै स्थानीय तहको अधिवेशन एकै पटक गर्ने कार्यतालिका भए पनि अझै १३ जिल्लाको वडा अधिवेशन हुन सकेको छैन । यो विषयमसमेत पदाधिकारी बैठकले निर्णय लिनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : २१ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग