कांग्रेस पदाधिकारी बैठक सिंहदरबारमा जारी « Khabarhub

कांग्रेस पदाधिकारी बैठक सिंहदरबारमा जारी

महाधिवेशन कार्यतालिका र मन्त्रीबारे छलफल


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सिंहदरबारमा जारी छ । बैठकमा मन्त्री चयन र महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटीरुपमा मन्त्री चयन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रोशित छ ।

बुधबार देउवाले आफू निकट डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका थिए । कांग्रेसले पाउने ७ मन्त्रीमध्ये देउवाले आफूनिकट ४ जनालाई मन्त्री बनाइसकेका छन् ।

अब बाँकी ४ मन्त्रीमा पौडेल र कृष्णप्रसा सिटौलालाई देउवाले कसरी भागबण्डा गर्छन् भन्ने विषय पेचिलो बनेको छ । बुधबार डा. खड्कालाई मन्त्री बनाएपछि पौडेल समूह आक्रोशित बनेको छ । पदाधिकारी बैठकअघि पौडेल समूहको बुधबारै छुट्टै बैठक महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बसेको थियो । सो बैठकमा मन्त्री चयनको विषयलाई कडा रुपमा उठाउने निस्कर्ष निकालिएको थियो।

यस्तै यसअघिको कार्यतालिका अनुसार असोज ५ सम्म सबै जिल्लाको वडा अधिवेशन हुन नसकेपछि स्थानीय तहको अधिवेशन प्रभावित हुने भएको छ । यही असोज ९ गते ७५३ वटै स्थानीय तहको अधिवेशन एकै पटक गर्ने कार्यतालिका भए पनि अझै १३ जिल्लाको वडा अधिवेशन हुन सकेको छैन । यो विषयमसमेत पदाधिकारी बैठकले निर्णय लिनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : २१ बजे

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

झापा वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा

इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र

अनि दयाहाङलाई गालीको ओइरो…

काठमाडौँ – समाजिक विषयमा आवाज उठाउनु कलाकारको नैतिक जिम्मेवारी हो

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा