नेकपा (एस) केन्द्रीय कमिटी बैठक : अध्यक्ष नेपालको प्रतिवेदन पारित « Khabarhub

नेकपा (एस) केन्द्रीय कमिटी बैठक : अध्यक्ष नेपालको प्रतिवेदन पारित


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ ।

बैठकको दोस्रो दिन बुधबार प्रतिवेदनमा समूहगत छलफलबाट आएको निष्कर्ष प्रस्तुत भएको र सुझावसहित अध्यक्षको प्रतिवेदन पारित गरिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्षको प्रतिवेदन पारित भएसँगै बैठक अन्य एजेण्डामा प्रवेश गरेको उहाले बताए ।

बैठकमा अध्यक्ष नेपालले समूहगत छलफलमा उठेको जवाफ दिए । बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय गरेको छ । त्यस्तै चुनाव चिह्नका बारेमा धेरै सुझाव आएको र छिटै निष्कर्षमा पुगिने खतिवडाले बताए ।

बिहीबार बस्ने बैठकले राष्ट्रिय सम्मेलन सहितको पार्टीको तीन महिनाले कार्ययोजना टुङ्गो लगाउने र बिहीबार नै पार्टीको महासचिव लगाएत स्थायी कमिटी र पोलिटब्यूरोको चयन गरिने खतिवडाले जानकारी दिए ।

मंगलबार सुरु समाजवादीको केन्द्रीय कमिटी बैठक बिहीबार नै सम्पन्न गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : ४२ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग