महिलाको हत्या : चार पक्राउ, एक फरार « Khabarhub

महिलाको हत्या : चार पक्राउ, एक फरार


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको झापा गाउँपालिका वडा नं. १ मा एक महिलाको अर्धशरीर फेला परेको छ । माइखोलाको किनारमा एक महिलाको कम्मरभन्दा माथिको भाग मात्र फेला परेको हो । शवको प्रकृती हेर्दा शंकास्पद देखिएकोले जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोदबाट थप अनुसन्धान गर्नका लागि प्रहरी टोली खटिएको छ ।

मृतक महिला झापा गाउँपालिका वडा नं. १ माइती घर भएको र उनी हाल भारतको किसनगञ्ज जिल्ला सिंघिमारी ग्राम पञ्चायत बस्ने अन्दाजी ५०–५५ वर्षकी डोली भन्ने धोन्नी टुडु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई गएको भदौ २४ गते राति माइखोला किनारमा हत्या फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

चार पक्राउ, एक फरार

सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले मृतककै आफन्तसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकको भान्जा भारतको किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ वर्षिय ऐतवार सोरेन, मृतकको सौताको भाई झापा गाउँपालिका वडा नं. १ का ३७ वर्षीय लखन टुडु सतार, सोही ठाउँका ५६ वर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र सोही ठाउँका २७ वर्षीया हेमरम सतार रहेका छन् ।

यस्तै भारतको किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका मण्डल हेमरम सतार फरार रहेको पनि प्रहरीले जनाएको छ । फरार रहेका व्यक्ति मृतकका देवर हुन् ।

श्रीमानको मृत्युपछि हत्या

हत्या गरिएकी महिला निशन्तान रहेको र उनका श्रीमानको पनि केही दिन अघि मात्र मृत्यु भएको प्रहरीको भनाइ छ । मृतक डोलीका श्रीमानको मृत्यु १५ दिन अघि भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ७ : ०५ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,