सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन « Khabarhub

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार राति बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको हो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सबै विषयमा छलफल भए पनि टुंगोमा नपुगेको बताए ।

‘छलफल उही हो, कसरी सरकार र गठबन्धनलाई अघि बढाउन सकिन्छ भन्नेमै केन्द्रित भयो,’ उनले भने, ‘तर ठोस सहमति केही पनि भएन ।’

महामन्त्री खड्काका अनुसार संसद् सञ्चालन र सरकारले पेस गर्न लागेको विधेयकका विषयमा भने आंशिक रुपमा सहमति जुटेको छ ।

यसअघि मंगलबार बसेको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो । सोही सहमति अनुसार बुधबार खड्का परराष्ट्रमन्त्री नियुक्त भएका छन् ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी भएका थिए।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ९ : १० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले