२२ तोला सुन र १८ लाख नगदसहित दुई जना पक्राउ « Khabarhub

२२ तोला सुन र १८ लाख नगदसहित दुई जना पक्राउ


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको धरानबाट स्रोत नखुलेको २२ तोला सुनको बाला र १८ लाख नगदसहित दुई जना पक्राउ परेका छन् ।

रत्न रोडबाट धरान १५ का रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका-२ का चन्द्रप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । रामबहादुरका साथबाट सुन र चन्द्र प्रसादका साथबाट नगद १८ लाख फेला पारेको धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

सुनको बालाको तौल २२ तोला २ आना २ लाल छ । नगद १८ लाख भने जेब्रा झोला भित्र रातो ब्यागमा फेला परेको थियो । बरामद भएको सुनको ४ वटा बाला ५० ग्रामको र एउटा बाला भने ५८ ग्राम ३२० मिलिग्राम रहेको पाइएको छ ।

दुबै जना रत्न रोडस्थित न्यू सूर्य लक्ष्मी स्टोरमा सुन बिक्री गर्न खोजेर निस्किएका थिए । सोही क्रममा उक्त पसल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । डिएसपी कुँवरले भने ‘हामीले कहाँबाट आयो यो सुन र नगद भन्यौँ उनीहरूले कुनै खरिद गरेको बिल तथा प्रमाण देखाउन नसकेपछि पक्राउ गरेका हौँ । के हो भन्ने थप अनुसन्धानबाट खुल्ने छ ।’

-न्युज कारखानाबाट

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : १३ बजे

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई