विश्वभर ४ लाख ६१ हजार संक्रमित थपिए, ३ लाख ६८ हजार बढी कोरोनामुक्त « Khabarhub

विश्वभर ४ लाख ६१ हजार संक्रमित थपिए, ३ लाख ६८ हजार बढी कोरोनामुक्त

७ हजार १९४ को मृत्यु


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ७ हजार १९४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा मात्र एक हजार ४ सय २८, रुसमा एक हजार ३६, ब्राजिलमा ४६१, भारतमा २३२ र बेलायतमा ११५ जनाको मृत्यु भएको छ ।

यही अवधिमा ४ लाख ६१ हजार २९० जना संक्रमित थपिएका छन् भने ३ लाख ६८ हजार ७५१ जना कोरोनामुक्त भएका छन् ।

अमेरिकामा ८० हजार ८३५ थपिँदा ८३ हजार ७१५ निको भएका छन् । यसैगरी बेलायतमा ५२ हजार ९ जना थपिँदा २८ हजार ८७५, रुसमा ३६ हजार थपिँदा २५ हजार ८९५, ब्राजिलमा १६ हजार ८५२ थपिँदा १४ हजार ९४४ र भारतमा १५ हजार ७५९ जना थपिँदा १८ हजार ६३६ जना निको भएका छन्।

यससँगै विश्वभर कुल संक्रमितको संख्या २४ करोड ३२ लाख ४३ हजार एक जना पुगेको छ । तीमध्ये २२ करोड ४ लाख ३६ हजार १०२ जना निको भइसकेका छन् भने ४९ लाख ४४ हजार ७५९ जनाको ज्यान भएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : २९ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित