मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक « Khabarhub

मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका-२ याङ्लेखर्कमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका-४ श्रीअन्तुका धरणीधर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

मकालु बेसक्याम्प घुम्न गएका घिमिरेको निमोनियाका कारण मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । घिमिरे सूर्योदय-४ श्रीअन्तुका शिक्षक तथा होमस्टे व्यवसायीसमेत हुन् ।

मकालु बेसक्याम्प घुम्न गएका घिमिरेलाई याङ्लेखर्कमा पुगेपछि स्वास्थ्य समस्या देखिको थियो । उपचारका लागि बोकेर सदरमुकाम ल्याउँदै गर्दा मंगलबार बाटैमा मृत्यु भएको आफन्तले जानकारी दिए ।

गत २८ असोजमा घिमिरेसहित उनका जेठा दाजु एकराज घिमिरे,माइला दाजु रुद्र घिमिरे, छिमेकी मिलन ढकाल, विराटनगर महानगरपालिका-४ का उज्वल घिमिरे, सुनसरीका सौजन घिमिरे र संखुवासभा चैनपुर नगरपालिका-६ का श्याम राउत मकालु आधार शिविर घुम्न गएका थिए ।

घटनाबारे मृतकका दाजुले बिहीबार मात्रै प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थल सदरमुकाम खाँदबारीबाट पाँच दिनको पैदलमा पर्दछ । संखुवासभाको मकालु आधार शिविरमा गत वर्ष खाँदबारी नगरपालिका-१ का २४ वर्षीय विवेक श्रेष्ठको लेक लागेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १ : ०५ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज

भिजिट भिसा प्रकरण: तीर्थराज भट्टराईलाई २५ लाख धरौटी माग्ने आदेश

काठमाडौं- भिजिट भिसा अनियमितता प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा