सीटीईभीटीलाई उत्पादनमा केन्द्रित गरिनुपर्छ: मन्त्री पौडेल « Khabarhub

सीटीईभीटीलाई उत्पादनमा केन्द्रित गरिनुपर्छ: मन्त्री पौडेल


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् ।

शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)मा अनुगमन गर्न गएका मन्त्री पौडेलले सीटीईभीटी प्राविधिक जनशक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्ने र दक्ष जनशक्तिलाई रोजगारसँग जोडेर उत्पादनमूखी बनाउनुपर्ने बताए ।

उनले सीटीईभीटी जस्ता संस्थालाई ज्ञान, तालिम, सीप र उत्पादनमा केन्द्रित गर्दै परिषद्का कर्मचारीले अल्छिपना, उदाशिनता, लापरवाही र भ्रष्टाचार जस्ता गतिविधिलाई त्याग्न सकेको खण्डमा मात्र यसले आफ्नो उद्देश्य पूरा गर्नेमा जोड दिए ।

प्राविधिक विद्यालयको लक्षित समुदाय भनेको आधारभूत जनता भएकाले जनताको जिवस्तार सुधार गर्न दक्ष जनशक्ति उत्पादनमा परिषद्को भूमिका अहम हुने उनको भनाइ छ । सीटीईभीटीको २०६९ सालदेखि रोकिएका सम्बन्धनको विषयमा टुंगो लगाउँदै आवश्यकताको आधारमा स्थानीय तहमा विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालन गर्न सम्बन्धन दिनुपर्ने मन्त्री पौडेलको भनाइ छ ।

मन्त्री पौडेलले संविधानमा लेखिएको सीप सिक्ने, काम गर्ने, र आत्मनिर्भर बनाउने राज्यको नारा कार्यान्वयन गर्नुपर्ने बताए ।

यस्तै, शिक्षा राज्य मन्त्री वोधमायाकुमारी यादवले सीटीईभीटीले ग्रामीण जिल्लाका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्यापनलाई स्वीकृति प्रदान गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘प्राविधिक शिक्षा जनमूखी छ यसलाई गाउँ गाउँमा पुर्‍याउनुपर्छ ।’

सीटीईभीटीको आवश्यकता र औचित्यको विषयमा मन्त्रीलाई प्रष्ट पार्दै मन्त्रालयका सचिव रामप्रसाद थपलियाले गुणस्तरीय पूर्वाधार विना नै विद्यालयलाई सम्बन्धन दिन नहुने बताए ।

उनका अनुसार कर्मचारी अभावका कारण सीटीईभीटी आफैँमा समस्या ग्रस्त छ । स्थायी दरबन्दी छैन । करारमा कार्यरत कर्मचारीको भरमा चलेको छ ।

उनले सरकारले जारी गरेको राष्ट्रिय शिक्षा निति २०७७ ले ७० प्रतिशत प्राविधिक शिक्षामा जोड दिनुपर्ने भनेपनि प्राविधिक शिक्षालय जनशक्ति अभावमा थल्लिनुपरेको बताए ।

संघीय शिक्षा ऐन जारी नहुँदा समस्या देखिएको भन्दै प्राविधिक शिक्षालयमा बजेटको व्यवस्थापन पनि नमिलेको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १२ : ४५ बजे

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका