‘रामायण’का ‘निषाद राज’को निधन « Khabarhub

‘रामायण’का ‘निषाद राज’को निधन


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– रामानन्द सागरको चर्चित पौराणिक टेलिफिल्म ‘रामायण’मा श्रीरामका मित्र निषाद राजको भूमिका निभाउने कलाकार चन्द्रकान्त पण्ड्याको निधन भएको छ । ७२ सालका चन्द्रकान्त गुजरातको बनासकाण्ठा जिल्लाको भीलडी गाउँमा बस्थे ।

चन्द्रकान्तको निधनमा ‘रामायण’मा सीताको भूमिका निभाएकी अभिनेत्री दीपिका चिखलियाले दुःख व्यक्त गरेकी छन् । उनले इन्स्टाग्राम स्टोरीमा दिवंगत अभिनेता चन्द्रकान्तको तस्वीर शेयर गर्दै श्रद्धाञ्जली दिँदै ‘तपाईंको आत्माले शान्ति पाओस् चन्द्रकान्त पण्ड्या, रामायणको निषाद राज’ भनी लेखेकी छन् ।

चन्द्रकान्तले ‘प्रेम लग्न’, ‘प्यार हो गया’, ‘परिवार ना पंख’ र ‘होते होते प्यार होगा’लगायतका फिल्ममा अभिनय गरेका थिए ।

उनी बलिउडका दिग्गज अभिनेता अमजद खानका मिल्ने साथी थिए । दुवैले सँगै कलेजको पढाई पुरा गरेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १२ : ५५ बजे

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले