अभिनेताले गल्तीले गोली चलाउदा छायाकारको मृत्यु « Khabarhub

अभिनेताले गल्तीले गोली चलाउदा छायाकारको मृत्यु


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(दैनिक जागरण)– न्यू मेक्सिकोमा हलिउड फिल्म ‘रस्ट’को सुटिङ सेटमा हलिउड अभिनेता र निर्माता एलेक बाल्डविनले गल्तीले गोली चलाउदै एक छायाकारको निधन भएको छ । यो घटनामा फिल्मका निर्देशक घाइते भएका छन् ।

फिल्मको एक प्रोपर्टीको रुपमा बन्दुक प्रयोग भइरहेको थियो ।

अभिनेता बाल्डविन फिल्ममा प्रमुख भूमिका निभाइरहेका थिए । प्रहरीले अहिलेसम्म घटनाको विषयमा मुद्धा दर्ता गराएको छैन । प्रहरीले आफूहरुले घटनाको अनुसन्धान गरिरहेकाले त्यसको परिणाम आउनासाथ कारवाही प्रक्रिया सुरु गर्ने जनाएको छ ।

बाल्डविनको गोलीबाट ४२ वर्षीया छायांकार हलिना हचिन्सको निधन भएको थियो । उनलाई हेलिकप्टरबाट अस्पताल पुर्याउन नपाउदै बाटैमा निधन भएको थियो । फिल्मका निर्देशक जोएल सूजा पनि घटनामा घाइते भएका छन् । उनलाई इमर्जेन्सी सेवामा राखिएको छ ।

फिल्मको सुटिङ मेक्सिकोको चर्चित सुटिङस्थल बोनान्जा क्रिक रेञ्चमा भइरहेको थियो । बन्दुकमा गोली किन भरिएको थियो भन्ने केही खुल्न आएको छैन । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मृतक अचिन्सको वेबसाइटका अनुसार उनी युक्रेनमा जन्मिएर आर्कटिक सर्कल सोभियत मिलिटरीमा हुर्किएकी हुन् । उनले किभमा पत्रकारिता पढेकी थिइन् भने लसएञ्जलमा फिल्म अध्ययन गरेकी थिइन् । अमेरिकन सिनेमाटोग्राफर म्यागजिनमा उनको नाम सन् २०१९ को ‘राइजिङ स्टार’का रुपमा प्रकाशित भएको थियो । उनी सन् २०२० को एक्सन फिल्म ‘आर्केने’मा छायांकारका रुपमा थिइन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : ०९ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग