एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै « Khabarhub

एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने भएको छ ।

पहिलो दिन १०औं महाधिवेशन चितवनमा तोकेको स्थायी कमिटी बैठकले दोस्रो दिन १० बुँदे सहमति कार्यान्वयनमा देखिएको समस्या समाधानको प्रयास गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘१० बुँदे कार्यान्वयनको सिलसिलामा सहजीकरण गर्न बनेको कार्यदलले बैठकमा सुझावहरु प्रस्तुत गर्छ । छलफल हुन्छ । स्थायी कमिटीबाट थप निर्णय हुन्छ,’ उनले भने ।

दोस्रो दिनको बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा चलिरहेको छ । बैठकमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्नेछ ।

उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिसकेको छ । कार्यदलको बैठक बिहीबार बसेको थियो । रावलको नेतृत्वमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन् ।

माधव नेपालको साथ छाडेर एमालेमै बसेका १० नेताले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । तर प्रवक्ता ज्ञवाली भने ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको र बाँकी पनि कार्यान्वयन हुने चरणमा रहेको बताउँछन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : १० बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता