बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छः प्रधानमन्त्री देउवा « Khabarhub

बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छः प्रधानमन्त्री देउवा


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीनरुपमा समाधान हुनेगरी पहल गरिने बताएका छन् ।

कैलालीको टीकापुर नगरपालिका–८ वनगाउँ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुबानको समस्या दीर्घकालीनरुपमा समाधान हुनेगरी योजना बनाएर काम गरिने बताए ।

“अहिले बाढी, पहिरो र डुबानका कारण ठूलो क्षति भएको छ । यो विपत्तिका समयमा तत्काल राहत, उद्धार र नागरिकलाई सहानुभूति आवश्यक छ । त्यसमा सरकार लागिसकेको छ”, प्रधानमन्त्री देउवाले भने, “त्यसपश्चात् दीर्घकालीनरुपमा राहतका लागि सरकारले योजना बनाएर अगाडि बढ्छ ।”

उनले बर्सेनि कैलालीमा बाढी र डुबानको समस्या झेल्दै आएका नागरिकलाई दीर्घकालीनरुपमा व्यवस्थापन हुनेगरी सरकारले योजना बनाउने बताउँदै बाढी र डुबानका कारण किसानले ठूलो क्षति व्यहोर्नुपरेका अवस्थामा उहाँहरुका लागि दीर्घकालीन राहत प्याकेजको सरकारले व्यवस्थापन गर्ने स्पष्ट पारे ।

साथै प्रधानमन्त्री देउवाले विपत्तिका कारण भएको धनजनको क्षतिलाई प्रत्यक्षरुपमा निरीक्षण गरिएको बताउँदै प्रभावित क्षेत्रको वस्तु स्थितिलाई नजिकबाट नियालेका कारण पनि अहिलेको समस्यालाई समाधानका लागि सरकारले तत्काल योजना बनाएर अगाडि बढ्ने आस्वासन दिएका छन् ।

आज प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले लगायतको टोलिले कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका बाढी ग्रस्त क्षेत्रको निरीक्षण गरेका हुन् ।

कैलालीमा बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा हजारौँ परिवार विस्थापित भएका छन् भने सयौँ बिघा क्षेत्रफलमा लगाइएको अन्न तथा तरकारी बाली पूर्णरुपमा नष्ट भएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ४ : ०७ बजे

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री 

नुवाकोट– सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४

अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक

काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।

भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुर- भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु

बीस स्रष्टासँगको अन्तर्वार्तामा आधारित ‘प्राज्ञिक संलाप’ पुस्तकमाथि परिचर्चा

काठमाडौं- नेपाली साहित्यका विभिन्न विधामा स्थापित २० जना स्रष्टासँग गरिएको

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि