सय दिनभित्र नतिजा आउने गरी काम गर्न चिकित्सा शिक्षा आयोगलाई शिक्षामन्त्रीको निर्देशन | Khabarhub Khabarhub

सय दिनभित्र नतिजा आउने गरी काम गर्न चिकित्सा शिक्षा आयोगलाई शिक्षामन्त्रीको निर्देशन


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले भक्तपुरको सानोठिमीमा रहेका चिकित्सा शिक्षा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षण गरेका छन् । शुक्रबार मन्त्री देवेन्द्र पौडेलका साथै राज्यमन्त्री बोधमाया कुमारी यादव र शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया सहितको टोलीले आयोग र केन्द्रको निरिक्षण गरेको हो ।

निरिक्षणपछि शिक्षामन्त्री पौडेलले सय दिन भित्र नतिजा आउने गरी काम गर्न निर्देशन दिएका छन् । शिक्षामन्त्री पौडेलले संविधानले व्यवस्था गरेका जनताका शैक्षिक हकलाई व्यवहारमा प्रकट हुने गरी काम गर्न लाग्ने बताए । उनले काम गर्ने क्रममा आइपर्ने समस्याका गाँठा फुकाउन आफूले समन्वय गर्ने बताए ।

उनले आयोग र केन्द्र दुवै कार्यालयलाई ३ महिने,एक बर्से र नीतिगत प्रक्रियाका कार्य योजना बनाई काम गर्न निर्देशन दिए । यसअघि मन्त्री पौडेलले बिहीबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ६ : ५० बजे

अमेरिकी विश्वविद्यालयमा किन फैलिँदै छ आन्दोलनको आगो ?

एजेन्सी- प्रतिष्ठित अमेरिकी विश्वविद्यालयहरू केही सातायता आन्दोलनका केन्द्रबिन्दु बनेका छन्

काठमाडौंमा वायु प्रदूषणको कहर (तस्बिरहरू)

काठमाडौं – काठमाडौं आज फेरि वायु प्रदूषणको विश्वकै पहिलो प्रदूषित

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका