१५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था गर्न बारको अल्टिमेटम ! | Khabarhub Khabarhub

१५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था गर्न बारको अल्टिमेटम !


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएशनले १५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अल्टिमेटम दिएको छ । १५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने प्रतिवद्धता नआए न्यायिक नेतृत्वप्रति बारको विश्वास नरहने बारले जनाएको छ ।

शुक्रबार बसेको बार एसोसिएशनको बैठकपछि जारी गरिएको विज्ञप्तिमा प्रधानन्यायाधीशले न्यालयका विकृति विसंगति हटाउने प्रतिवद्धता पटक पटक जनाए पनि कार्यान्वयन नगरेको उल्लेख गरिएको छ ।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले न्यायालयका विकृति विसंगति हटाउनेबारे प्रतिवेदन दिएको र प्रधानन्यायाधीशले सो प्रतिवेदन कार्यान्वयन गर्ने जनाए पनि दुई महिनासम्म कार्यान्वयन हुन नसक्नु दुःखद् भएको बारले जनाएको छ ।

सो प्रतिवेदनमा विकृति हटाउन प्रधानन्यायाधीशले पेशी तोक्ने नभई स्वचालित प्रणालीबाट तोक्नुपर्ने र त्यसका लागि प्रविधि तयार नहुँदासम्म गोला प्रथापाबाट पेशी तोक्नुपर्ने सुझाव दिइएको छ ।

हाल सर्वोच्चमा प्रधानन्यायाधीशले र अन्य अदालतमा प्रमुख न्यायाधीशले पेशी तोक्दै आएका छन् । यसरी पेशी तोक्दा सेटिंग हुने गरेको चर्चा चल्दै आएको छ ।

नेपाल बारले प्रतिवेदन कार्यान्वयनका विषयमा आगामी आइतबार प्रधानन्यायाधीश राणासँग छलफल गर्ने निर्णय पनि गरेको छ । सो छलफलपछि थप धारणा बनाउने बारले जनाएको छ । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश राणाको राजीनामा मागेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ७ : ४९ बजे

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न