रासायनिक र प्लास्टिकजन्य फोहोरले तिनाउमा माछा घटे « Khabarhub

रासायनिक र प्लास्टिकजन्य फोहोरले तिनाउमा माछा घटे


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीका अधिकांश खोलानालामा जथाभाबी रासायनिक र प्लास्टिकजन्य फोहोर मिसाइएको छ । यसले जलाशयमा जलीय जीव र जलचरको संख्यामा कमी आएको छ ।

वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ माछापालक किसान र माछासँग सम्बन्धित कार्यालयले हरेक वर्ष माछाका भुरा खोलामा छोड्ने गरेका छन् । यसपटक पनि जैविक विविधताको संरक्षण गर्ने उद्देश्यका साथ तिनाउ खोलामा एक लाख माछा छोडिएको छ ।

बाढीपहिरो र अत्यधिक दोहनले खोलामा पानीको सतह घटिरहेको छ । यसले जलचर र जलीय जीवमा असर गरिरहेको छ । त्यसैमा बजार र कलकारखानाबाट निस्किने रासायनिक र प्लास्टिकजन्य फोहोर सीधै खोलामा मिसाइएको छ ।

यसले जलीय जीव र जलचरको जीवन चक्रमा समस्या निम्त्याएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. प्रवेज आलमले बताए । माछाको आहार बनाउन र उसलाई हुर्किन रासायनिक फोहोरले असर गरेको उनले बताए ।

पानीमा हुने प्राङ्गारिक पदार्थले फोहोर बढाउँछ । ती फोहोर माछा तथा अन्य जलचरले खाएर पानीमा शुद्धता कायम राख्छन् । पानीमा जीवजन्तुको कमी भए त्यो असर गुणस्तरमा पर्छ । माछा प्रशस्त भएको पानी मलिलो हुने हुँदा सिँचाइका लागि उपयुक्त मानिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देहीका प्रमुख दीपक भुसालको भनाइ छ ।

जलीय जीव र जलचरको संरक्षण गर्दा पानीको मुहानको संरक्षण प्रमुख विषय हो । बजारबाट आउने ढलको फोहोर र दूषित पानीको उपचार नगरी सीधै खोलामा मिसाउनु नहुने भुसालले बताए । तर, यहाँका उद्योग, कलकारखानाबाट निस्किने रासायनिक फोहोरलाई रोक्न ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान नगरेरै खोलामा मिसाइएको छ ।

वातावरणलाई असर गर्ने कुनै पनि क्रियाकलाप गर्न ऐनले लगाएको रोक कार्यान्वयन हुन नसकेको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका पशुपन्छी विकास महाशाखा प्रमुख तुल्सीराम भण्डारीले बताए । अब प्रदेश सरकारले अन्य मन्त्रालयको सहकार्यमा चाँडै वातावरण सम्बन्धी कार्यविधि बनाएर खोला दूषित हुनबाट रोक्ने उनले बताए ।

वातावरणीय सन्तुलन कायम राख्न जैविक विविधताको संरक्षण र त्यसको सदुपयोग अपरिहार्य हुन्छ । त्यसैले सबै प्राणी र वनस्पतिको वातावरणलाई सन्तुलनमा राख्न आआफ्नो भूमिका हुन्छ । खोलानालामा जथाभाबी रासायनिक फोहर मिसाउँदा त्यसको असर सबै मानव प्राणीले समेत व्यहोर्नुपर्ने मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्रका प्रमुख महेश चन्द गुप्ताले बताए ।

रुपन्देहीमा माछा मारेर जीविका चलाउने हजारौँ परिवार छन् । माछाको संख्या कम हुँदै गएकाले खोलामा पाइने जलचरबाट आश्रित समुदायको आम्दानीको स्रोत गुमेको छ । उनीहरुको सहजताका लागि पनि हरेक वर्ष खोलाहरुमा माछाका भुरा छोड्ने गरेको मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले बताए । जैविक विविधताको संरक्षण गर्न मानव प्राणी बढी सचेत हुन आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ३७ बजे

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको