सुडानका अपदस्थ प्रधानमन्त्री ह्यामडकको पुनर्बहाली « Khabarhub

सुडानका अपदस्थ प्रधानमन्त्री ह्यामडकको पुनर्बहाली


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केही साताअघि त्यहाँको सेनाले सत्ताच्युत गरेका सुडानका प्रधानमन्त्री अबदल्ला ह्यामडक पुनः प्रधानमन्त्री बनेका छन् ।

सुडानी सेनाका प्रमुख अब्देल फताह अल बुरहान र ह्यामडकबीच राष्ट्रपति निवासमा भएको एक सम्झौतापछि सेनाले ह्यामडकलाई पुनर्स्थापित गरेको हो ।

एक महिना अगाडि सेनाले ह्यामडक नेतृत्वको सरकारलाई अपदस्थ गरेको थियो । अपदस्थपछि ह्यामडकलाई सेनाले घरमै नजरबन्दमा राखेको थियो । सेनाको कुको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो । सेनाको कदमको विरोधमा राजधानी खार्तुमलगायत देशका प्रमुख सहरहरुमा विशाल प्रदर्शन भएका थिए ।

सेनाले सत्ता नियन्त्रण लिएपछि भड्किएको हिंसामा ४० जनाको मृत्यु भएको थियो । सहमतिअनुसार ह्यामडकले संक्रमणकालीन सरकारको नेतृत्व गर्नेछ । त्यस्तै, सेनाले सम्पूर्ण बन्दीलाई रिहा गर्ने भएको छ । ‘सुडानीको रगत मूल्यवान छ । रक्तपात अन्त्य गरौं र युवाको उर्जालाई विकास निर्माणमा सदुपयोग गरौं’, ह्यामडकले भनेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ५५ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया