नेपाल बारले आज राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै « Khabarhub

नेपाल बारले आज राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – झन्डै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज सोमबार प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो ।

प्रधानन्यायाधीशलाई महाभियोग लगाएर हटाउनुपर्ने माग न्यायीक क्षेत्रबाट उठे पनि दलहरुले कुनै कदम नचालेको भन्दै बारले ३० कात्तिकमै दलहरुलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले अहिले आन्दोलनमा देशव्यापी बनाएको छ । आज सोमबार पनि कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

नेपाल बार १४ कात्तिकदेखि आन्दोलनरत छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ८ : ४३ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति