चीनको इतिहास पुनर्लेखन गर्न खोजेका सी आफ्नै भविष्यबारे अनविज्ञ  « Khabarhub

चीनको इतिहास पुनर्लेखन गर्न खोजेका सी आफ्नै भविष्यबारे अनविज्ञ 


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत हप्ता चिनियाँ कम्युनिस्ट पार्टीको शीर्ष राजनीतिक कार्यकर्ताहरूको भेलाले पार्टीको इतिहासमा निश्चित प्रश्नहरू सम्बन्धी एउटा महत्त्वपूर्ण प्रस्ताव पारित गर्‍यो । जसमा सिको विचार प्रणालीलाई ‘२१ औँ शताब्दीको लागि मार्क्सवाद” भनेर परिभाषित गरिएको थियो। त्यति मात्र होइन, यसलाई ‘चिनियाँ संस्कृति र चीनको आत्माको सार’ भनियो।

जसमार्फत चीनका राष्ट्रपति सी जिनपिङलाई माओत्से तुङ र द्याङसिया पिङको स्थानमा राख्न खोजिएको टिप्पणी भए । प्रस्तावमा सिको विचार प्रणालीलाई २१ औँ शताब्दीको लागि मार्क्सवाद भनेर परिभाषित गरिएको छ।

तर सिको भविष्यको बारेमा भने यसै भन्न सकिने अवस्था छैन । यसमा उनी आफैँ पनि अनविज्ञ रहेको प्रष्ट देखिन्छ। किनभने चीनको अबको बाटो, चिनियाँ अर्थतन्त्रका संकट, चीनमा देखिएको बढ्दो अन्तर्राष्ट्रिय दबाब र  नजर तथा नीति स्पष्ट छैन।

यसअघि सन् १९४५ र सन् १९८१ मा यस प्रकारका दुई वटा प्रस्तावहरू मात्र पारित भएका थिए । पार्टीको इतिहासमा प्रस्तावहरू सीसीपीको रेकर्डमा निश्चित कथन प्रदान गर्नका लागि पारित गरिन्छन् । सन् १९४५ को प्रस्तावले चार वर्षपछि चियाङ काईशेकका राष्ट्रवादीहरूविरुद्धको गृहयुद्धमा विजयी हुनुअघि माओत्से तुङको पार्टीको निर्णायक नेताको हैसियतमा छाप लगायो ।

सन् १९८१ को संकल्प झनै चाखलाग्दो थियो किनभने यो पार्टी आफैँद्वारा गल्तीको एक दुर्लभ स्वीकार थियो । यसको भाषा अपमानजनक थियो तर यसले सांस्कृतिक क्रान्तिको भयावहताको लागि राष्ट्रसँग माफी मागेको थियो ।

करिब ४० वर्षपछि सिले त्यस्तै प्रकारको नयाँ प्रस्ताव पारित गराएपछि यसबारे अनेकौँ विश्लेषणहरू हुन थालेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : १८ बजे

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर