टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ « Khabarhub

टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनको लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्ने भएको छ । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ ।

आयोजक संस्था डिएआर मुभिजले यस अघि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको आयोजना गरेको थियो । उक्त महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी र्याली गरिएको थियो । २०७६ साल फागुनमा टुँडिखेलमा भएको कार्यक्रम पाँच लाख भन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।

यस पटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) लाई दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिले दाबी गरेको छ ।

चैत्र दोश्रो साता टुँडिखेलमा हुने कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउनेछन् । विभिन्न सम्मानसहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरुको सहभागिता रहनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ११ : १९ बजे

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला