सफल बन्न चाहनुहुन्छ ? चाणक्यका यी ५ निति अपनाउनुहोस् « Khabarhub

सफल बन्न चाहनुहुन्छ ? चाणक्यका यी ५ निति अपनाउनुहोस्


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीवनमा सफल हुन सबै चाहन्छन् तर सफलता पाउने कम हुन्छन् । यसका पछि कैयौँ कारण छन् । यदि लगातारको प्रयास र मेहनतका बाबजुद पनि सफलता हात परिरहेको छैन भने यसको कारण थाहा पाउन आवश्यक हुन्छ ।

आचार्य चाणक्यले सफलता पाउने केही महत्त्वपूर्ण सूत्र बताएका छन् । चाणक्यले सफल हुन र समस्याबाट बच्दै राम्रो जीवन जिउन केही यस्ता विषयको जानकारी दिएका छन् जो धेरैका लागि उपयोगी हुन सक्छन् ।

क) असफल व्यक्तिबाट सल्लाह लिने

यदि लगातारको मेहनतका बाबजुद पनि सफलता मिलिरहेको छैन भने र असफल हुनबाट बच्न चाहनु हुन्छ भने यस्ता व्यक्तिसँग सल्लाह लिनुपर्छ। यसबाट सफलता पाउन गरीने काममा पाइने असफलता र अवरोधबारे जानकारी पाइन्छ ।

ख) सफल व्यक्तिको अनुभव सुन्ने

सफलता पाउनका लागि ती व्यक्तिसँग भेट गर्न र उनीहरूको अनुभव सुन्न आवश्यक छ । यसले लक्ष्यसम्म पुग्ने रणनीति तयार पार्न मद्दत मिल्दछ । तर उनीहरूले जस्तै काम गरेर सफलता पाउने कोसिस भने गर्नु हुँदैन । यो सबै बेला उपयोगी नहुन सक्छ ।

घ) आफ्नो विवेक र सुझबुझको प्रयोग

असफल र सफल व्यक्तिसँगको अनुभव र सल्लाहपछि हमेसा आफ्नो विवेक र सुझबुझको प्रयोग गरेर निर्णय लिनु पर्दछ । यसका लागि पर्याप्त विश्लेषण, सोचविचार र रणनीति तयार गर्न आवश्यक हुन्छ ।

ङ) सकारात्मक बन्ने

कुनै पनि काममा सफलता पाउन सबैभन्दा पहिले सकारात्मक हुन आवश्यक छ । आफ्नो मेहनत र समय खर्चेको बेला मनमा नकारात्मकताले ठाउँ बनायो भने सफलता नपाउँदै मानिस निराश बन्न पुग्दछ र बिचमै काम छाड्न सक्छ ।

 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ३६ बजे

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिका माथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम