समीरविरुद्ध मुद्धा हाल्दै शाहरुख | Khabarhub Khabarhub

समीरविरुद्ध मुद्धा हाल्दै शाहरुख


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– अभिनेता शाहरुख खानले नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)का उच्च अधिकारी समीर वानखण्डेविरुद्ध मुद्धा हाल्ने तयारी गरेका छन् । मुम्बईबाट गोवा जाँदै गरेको पानीजहाजमा रेव पार्टी गरिरहँदा शाहरुखका छोरा आर्यनसहित ८ जनालाई गत अक्टोबर ३ मा एनसीबीको टोलीले छापा मारेर पक्राउ गरेको थियो ।

एनसीबीले आर्यनसहित उनका साथी अरबाज मर्चेन्ट र मुनमुन धामेचाले लागुऔषध प्रयोग गरेको दाबी गर्दै अदालतमा मुद्धा दर्ता गराएको थियो । पक्राउ परेपछि आर्यन करिब २५ दिनसम्म मुम्बई आर्थर रोड जेलमा बसेका थिए ।

छोरा आर्यन जेलमा परेपछि शाहरुख र उनकी पत्नीको अवस्था तनावपूर्ण बनेको थियो । तर गत अक्टोबर २८ मा अदालतले आर्यनलाई जमानतमा रिहा गरेपछि उनी तारिख धाउदै थिए । छोराको विषयमा मौन रहेका शाहरुखले अब भने आफ्नो मौनता तोड्ने भएका छन् ।

समाचारअनुसार शाहरुख आफ्नो कानूनी टिममार्फत समीरविरुद्ध अदालत जाने तयारीमा छन् । आर्यनका विषयमा गत शनिबारमात्र बम्बे उच्च अदालतले आर्यनविरुद्ध कुनै प्रमाण फेला नपरेको र ह्वाट्सएपमा पनि कुनै शंकास्पद च्याट नभेटिएको जनाएको थियो ।

अदालतको निर्णयले राहतको श्वास फेरेका शाहरुख आर्यनलाई पक्राउ गर्नुपर्ने कारण माग गर्दै समीरविरुद्ध अदालत जाँदैछन् । आर्यनसहित उनका साथीहरुलाई पक्राउ गर्नमा समीरको प्रमुख हात रहेको शाहरुखको बुझाई छ । त्यसो त शाहरुखले आफैं पनि समीरका कारण कुनै बेला एयरपोर्टमा एक लाख रुपैंयाँ राजस्व तिर्नुपरेको थियो ।

शाहरुख निकट एक साथीका अनुसार शाहरुख चाँडोभन्दा चाँडो समीरविरुद्ध अदालत जाँदैछन् । ‘आर्यनविरुद्ध एनसीबीले गलत प्रमाण पेश गरेपछि शाहरुख त्यसकाविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीमा छन्’, ती साथीले भनेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १२ : ४२ बजे

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन– कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए ।

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित  चार जना पक्राउ परेका

फोक्सोका बिरामीलाई सामाजिक सञ्जालमार्फत पाँच लाख सहयोग 

वालिङ– उपचारका लागि आर्थिक अभाव भएपछि फोक्सोका बिरामीलाई झन्डै पाँच