एकअर्कासँग भिड्दै रणवीर र दीपिका « Khabarhub

एकअर्कासँग भिड्दै रणवीर र दीपिका


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता रणवीर कपूर लामो समयदेखि आफ्नो कुनै पनि फिल्म लिएर दर्शकमाझ आएका छैनन् । उनको पछिल्लो फिल्म ‘संजु’ ब्लकबस्टर भएको थियो । जसमा उनले सञ्जय दत्तको भूमिका निभाएका थिए ।

यो फिल्मपछि उनका फ्यानहरु रणवीरको नयाँ फिल्मलाई लिएर व्यग्र प्रतिक्षामा छन् । समाचारअनुसार रणवीर आफ्नो नयाँ रोमान्टिक कमेडी फिल्म लिएर दर्शकमाझ आउदैछन् । यो फिल्म सन् २०२३ को जनवरी २६ मा रिलिज हुँदैछ । यो फिल्मलाई लव रञ्जनले बनाएका हुन् । रणवीर र श्रद्धा कपुर अभिनित फिल्मको सुटिङ पुरा भइसकेको छ ।

रणवीर र श्रद्धाकाे फिल्म भारतीय गणतन्त्र दिवस विकमा रिलिज हुँदैछ । यही मितिमा ऋतिक रोशन र दीपिका पादुकोणको एक्सन फिल्म ‘फाइटर’ पनि रिलिज हुँदैछ । ‘फाइटर’का निर्देशक सिद्धार्थ आनन्द हुन् । जो ठूलो बजेटको एक्सन फिल्म बनाउन चिनिन्छन् ।

व्यापार विश्लेषकहरु रणवीर र दीपिकाको फिल्मबीच हुन लागेको व्यापार युद्धले फिल्म उद्योगलाई नोक्सान हुने दाबी गरिरहेका छन् । रणवीर र दीपिका अभिनित फिल्म थिएटरमा एकसाथ रिलिज हुन लागेकाे यो पहिलोपटक हो । रणवीर र दीपिका बलिउडका रुचाइएका कलाकार हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १ : ४० बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ