परिवार दलको अध्यक्षमा पुनः ढकाल निर्वाचित « Khabarhub

परिवार दलको अध्यक्षमा पुनः ढकाल निर्वाचित


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित भएका छन्।

‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले आगामी पाँच वर्षका लागि एक अध्यक्ष दुई उपाध्यक्ष, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष गरी १०१ सदस्यीय केन्द्रीय कार्यसमितिको पनि निर्वाचित गरेको छ ।

शनिबार र आइतबार राजधानीमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्रीमा सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा, सहमहामन्त्रीमा क्रमशः संविधासभा सदस्य मिलनकुमारी राजवंशी, रुपसिंह भण्डारी, मनोजकुमार सुर्खेती, अब्दुल कैयुम शाह, अशोककुमार चौधरी तथा कोषाध्यक्षमा गोविन्दनाथ मिश्र र सहकोषाध्यक्षमा बुद्धिमाया पुनमगरलाई निर्वाचित गरेको सो पार्टीले जनाएको छ ।

महाधिवेशनबाट पारित पार्टीको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोगलगायतका विषय समावेश गरिएको छ । थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञ सम्मिलित एक राष्ट्रिय अर्थव्यवस्था विकास आयोग गठन गर्न, संविधानलाई सर्वस्वीकार्य बनाउन नेपाली उत्पीडित समुदायको हकअधिकार थप सुनिश्चित गर्न आवश्यकपर्ने सुधारका लागि संविधान सुधार सिफारिस आयोग गठन गर्न पनि माग गरिएको छ ।

काठमाडौँमा भएको महाधिवेशनको उद्घाटनका अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वउपराष्ट्रपति परमानन्द झालगायत विश्वका विभिन्न देशका राजनीतिक पार्टीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष ढकालले संविधान निर्माणपछिको पहिलो दशकलाई ‘आर्थिक क्रान्तिको दशक’ घोषणा गर्दै तराई–मधेशका बासिन्दाको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । उनले संविधान गतिशील दस्तावेज भएकाले समयानुकूल र जनआकाङ्क्षाअनुरूप संशोधन गर्दै लैजानुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  २ : १३ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा