ओखलढुंगाको दुवै क्षेत्रमा संस्थापन पक्षको प्यानलै विजयी « Khabarhub

ओखलढुंगाको दुवै क्षेत्रमा संस्थापन पक्षको प्यानलै विजयी


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनमा शेरबहादुर देउवा पक्षीय उम्मेदवारको प्यानलै निर्वाचित भएको छ । देउवा समर्थित समूहको जिल्ला सभापतिका उम्मेदवार तेजेन्द्र खनाल समूहको प्यानलै निर्वाचित भएको हो ।

खनाल नेतृत्वको क्षेत्रीय समितिका पदाधिकारी तथा प्रदेश प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र १ क मा सन्तोषबाबु थापाको प्यानलै विजयी भएको छ । उनका प्रतिद्वन्द्धी होमबहादुर कार्की थिए । थापाले खसेको १३ सय ५८ मतमध्ये तीन सय ६९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी पुराना नेता होमबहादुर कार्कीले दुई सय ७७ मत मात्रै ल्याएका थिए ।

उपसभापतिमा कृष्णप्रसाद कोइराला चार सय एक मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी केशरबहादुर गुरुङले तीन सय ८८ मत ल्याए । सचिवमा उमंग श्रेष्ठ तीन सय ९० र ऋषिकुमार चौलागाईले तीन सय ६६ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा दोर्ची शेर्पा तीन सय ८४ मत र पुष्कर थापा तीन सय ५९ मत ल्याएर विजयी भएका छन् ।

प्रदेश निर्वाचन क्षेत्रुक मा देउवा पक्ष तेजेन्द्र खनाल प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । बालकृष्ण दाहाल प्यानलका सबै उमेदवार पराजित भएका छन् ।

निर्वाचन क्षेत्र ख मा ६ सय ६७ मत खसेकोमा ४३ मत बदर भएको थियो । यो क्षेत्रमा तीन सय ३४ मत ल्याएर आश्राचन राई विजयी भएका छन् । उनका प्रतिस्पर्धी कुलबहादुर श्रेष्ठले दुई सय ९१ मत ल्याएका थिए ।

उपसभापतिमा चार सय दुई मत ल्याएर विष्णुकुमार कार्की र तीन सय ६० मत ल्याएर रुद्रप्रसाद घिमिरे विजयी भएका छन् । सचिवमा कल्याण राई तीन सय ७८ मत र केशरबहादुर तामाङ तीन सय ५६ मत ल्याएर विजयी भएका छन् ।

सहसचिवमा नरध्वज खड्का तीन सय २५ मत र नवीनकुमार खड्का तीन सय ७६ मत ल्याएर विजयी भएका छन् । बालकृष्ण दाहाल पक्षका दुई जना प्रदेश प्रतिनिधिका उम्मेदवार मात्रै विजयी भएका छन् । यो पक्षका विन्दा बोगटी र गोविन्द गिरी मात्रै निर्वाचित भए । यो समूहलाई वर्तमान जिल्ला सभापति प्रदिपकुमार सुनुवारको समर्थन थियो ।

क्षेत्रको परिणामले प्रभाव

क्षेत्रीय समितिको मत परिमाणले जिल्लाको म‌ंगलबार हुने निर्वाचनमा समेत प्रभाव पार्ने अनुमान छ । दुई कार्यकाल सभापति चलाएका प्रदिप सुनुवारको समर्थन रहेकाले संस्थापन पक्ष निकै बलियो देखिएको छ । उनले वर्तमान जिल्ला उपसभापति तेजेन्द्र खनालको नेतृत्वमा प्यानलै उम्मेदवार बनाएका छन् ।

कोइराला पौडेल समूहका उम्मेदवारका हिसाबले निकै पुराना र राजनीतिक रुपमा स्थापित नेता बालकृष्ण दाहाल हेभीवेट मानिएका छन् । उनी यसअघि सुनुवारसँगै पराजित भएका थिए ।

जिल्लामा मनोनयन हुँदै

जिल्ला नेतृत्वका लागि मनोनय सुरू भएको छ । मंगलबार हुने मतदानका लागि मनोनयन सुरू भएको हो । जिल्लामा पनि स‌ंस्थापन र कोइराला पौडेल समूहको प्यानलै उम्मेदवारी दर्ता गर्ने तयारी छ । सोमबार साँझसम्म जिल्ला समिति तथा महाधिवेशन प्रतिनिधिको मनोनयन तथा अन्तिम नामावली प्रकाशन हुनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  २ : २३ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता