प्रधानन्यायाधीश राणालाई महाअभियोग लगानुपर्ने मागसहित बारले सभामुखलाई बुझायो ज्ञापनपत्र « Khabarhub

प्रधानन्यायाधीश राणालाई महाअभियोग लगानुपर्ने मागसहित बारले सभामुखलाई बुझायो ज्ञापनपत्र


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनमा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले सोमबार सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । चौथो चरणको आन्दोलन गरिरहेको बार न्यायालय सुधारका लागि सर्वोच्चका न्यायाधीश र बारले प्रयास गरिरहेका बेला राजनीतिक दलहरु चुप लागेको भन्दै असन्तुष्ट छ ।

बारले राणाले राजीनामा नदिए महाभियोग लगाउनुपर्नेसमेत बताएको छ । बारको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले न्यायालयको समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् । उनले आफ्नो योग्यता र क्षमताले भ्याएसम्मको सहयोग गर्ने बचन दिएका छन् ।

सभामुखलाई ज्ञापन पत्र बुझाउन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतका पदाधिकारी सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए । उनीहरुले ज्ञापन पत्र बुझाउँदै प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म बार आन्दोलनबाट पछाडि नहट्ने बताएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  २ : ४९ बजे

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि