विश्वकप एसिया छनोट : नेपाल हङकङसँग पराजित « Khabarhub

विश्वकप एसिया छनोट : नेपाल हङकङसँग पराजित


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १०५ रनको लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो ।

हङकङको जितमा मारिको हिलले सर्वाधिक ४२ रन बनाइन् । त्यस्तै, क्यारी चन १७ र नताशा मिलेसले १६ रन जोडिन् । नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले समान एकएक विकेट लिए ।

यसअघि दुवईको आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १०४ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले ४० रन बनाएकी थिइन् । यस्तै, इन्दु बर्माले ३१ जोडेकी थिइन् । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एकएक विकेट हात पारे ।

 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ३ : ०० बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग