नेपाली कांग्रेस जाजरकोटको सभापतिमा बेदराज सिंह सर्वसम्मत | Khabarhub Khabarhub

नेपाली कांग्रेस जाजरकोटको सभापतिमा बेदराज सिंह सर्वसम्मत


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– नेपाली कांग्रेस जाजरकोटको सभापतिमा बेदराज सिंह सर्वसम्मत निर्वाचित भएका छन् । जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसारको प्रक्रिया पुरा गरेर सिंह सभापति पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

१४औं जिल्ला अधिवेशनको निर्वाचनका लागि जिल्ला निर्वाचन समितिले शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । निवर्तमान पार्टी सभापति दीपक जंग शाह अध्यक्ष रहेको नेपाली कांग्रेस जाजरकोटको कार्यदलले सहमति, सर्वस्वीकार्य तथा सहकार्यको माध्यमबाट नेपाली कांग्रेस, जाजरकोटलाई एकताबद्ध बनाउन आइतबार दिनभर प्रयास गरेको थियो ।

कार्यदलको विशेष अभ्यास पश्चात् नेपाली कांग्रेस जाजरकोट पार्टी सभापति सिंहलगायत सिङ्गो कार्यसमिति, प्रदेश क्षेत्र क र ख का क्षेत्रीय समितिका सभापति लगायत महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस, जाजरकोटले दिएको जानकारी अनुसार सभापतिमा सिंह, उपसभापतिमा रत्न खड्का र खडक बिसी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा तेजविक्रम शाह र हरिचन्द्र बस्नेत, सहसचिवमा छवि पन्त र खडक बिसी निर्विरोध निर्वाचित भएका हुन् ।

कोषाध्यक्षका लागि भने निर्वाचित जिल्ला कार्यसमिति सदस्यबाट सभापतिले मनोनीत गर्ने प्रावधान भएको हुँदा अहिले नै आधिकारिक रूपमा टुङ्गो लागि नसकेको नेपाली कांग्रेस जाजरकोटले जानकारी दिएको छ । कोषाध्यक्ष पदको आकांक्षीमा पत्रकार भीम बहादुर सिंह, जनक केसीलगायत रहेका छन् ।

नेपाली कांग्रेसको विधान–२०१७ (संशोधन सहित) ले गरेको व्यवस्था अनुसार नगरपालिकाबाट दुई जना र गाउँपालिकाबाट एक जना जिल्ला कार्यसमितिमा प्रत्यक्ष निर्वाचित गरिने प्रावधान अनुसार नै जिल्ला कार्यसमितिलाई निर्विरोध निर्वाचित गरिएको छ । पार्टी विधान अनुसार सभापतिले मनोनीत गर्ने सदस्यसहित २७ सदस्यीय जिल्ला कार्यसमिति चयन हुने छ ।

प्रदेश क्षेत्र क को क्षेत्रीय सभापतिमा लीलाबहादुर शाह निर्वाचित भएका छन् । प्रदेश क्षेत्र ख को क्षेत्रीय सभापतिमा जनकराज शर्मा निर्वाचित भएका छन् । दुई वटै प्रदेश क्षेत्रका क्षेत्रीय समिति पनि २७ सदस्य रहने व्यवस्था भएको नेपाली कांग्रेस जाजरकोटले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ९ : ४० बजे

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने

काठमाडौं– नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन

सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा

खाँदबारी– सङ्खुवासभाका दुई महत्त्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल आजदेखि औपचारिक

सतह सिँचाइको व्यवस्था नभएका क्षेत्रमा वैकल्पिक सिँचाइ

नारायणगढ– सतह सिँचाइको व्यवस्था नभएको नौ सय हेक्टर क्षेत्रफलमा वैकल्पिक

इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते

एजेन्सी – इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा

मोरङमा जंगली हात्तीको आक्रमणबाट एक वर्षमा पाँच जनाको मृत्यु

बेलबारी– मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५