आफू कमजोर देखिएपछि गच्छदारले रोके सुनसरी तीनको मनोनयन दर्ता « Khabarhub

आफू कमजोर देखिएपछि गच्छदारले रोके सुनसरी तीनको मनोनयन दर्ता


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सहमति गराउने भन्दै सुनसरी क्षेत्र नम्बर तीनको मनोनयन दर्ता नै रोकिदिएका छन् । जिल्लाका अन्य क्षेत्रमा मनोनयन सहज रूपमा भए पनि पार्टीका जिम्मेवार व्यक्तिबाटै सहमति गराउने बहानामा मनोनयन दर्ता कार्यक्रम नै रोकिएको हो ।

पार्टी उपसभापति गच्छदारले दबाब दिएपछि निर्वाचन कार्य तालिका समेत प्रभावित भएको छ । निर्वाचन समितिले जिल्लाभर एकै समय सोमबार बिहान १० बजे मनोनयन दर्ता गर्न भनेको थियो । सोही अनुसार समयमै पुगेका नेता कार्यकर्ताहरू मनोनयनै नगरी फर्किएका छन् ।

सकेसम्म सहमति गर्ने चुनाव नगर्ने रटान लगाउँदै आएका गच्छदारले चुनाव गर्ने समय नै तलमाथि गरिदिएपछि कार्यकर्ता समेत निराश भएका छन् ।

मंगलबार बिहान १० बजे मनोनयन दर्ता गराउने भन्दै निर्वाचन समितिले सूचना टाँसेर निर्वाचन कार्य ताlलका सारेको छ ।

सुनसरीमा चार नम्बर क्षेत्र बाहेक अन्य तीन क्षेत्रमा संस्थापन इतर बलियो देखिँदै आएको छ । गच्छदार आफ्नो क्षेत्रमा आफूलाई प्रभावशाली भन्न रुचाउँछन् । सोही अनुसार चुनाव भए आफ्नो पक्षले हार्ने डरले पनि सहमति खोजिरहेको एक नेताले बताए ।

गच्छदारले सुनसरी तीनको प्रदेश निर्वाचन क्षेत्रमा सहमति गराएका थिए । सभापतिमा इतर समूहका नेतालाई समर्थन गरे पनि महाधिवेशन प्रतिनिधिमा आफ्नो पक्षमा बहुमत पुर्‍याउने उनको योजना छ ।

सहमति गर्ने भन्दै उनले आफू पक्षका नेता तथा कार्यकर्तालाई घरमै बोलाएर छलफल गरिरहेका छन् । उनले फोरम लोकतान्त्रिक फोरम पक्षबाट क्षेत्रीय प्रतिनिधि बनाउने योजनासमेत गरेका छन् ।

संस्थापन पक्ष इतरका मेहेदी हुसेनले क्षेत्रीय सभापतिको उमेद्वारी दिने तयारी गरिरहेका छन् । आफ्नो पक्षमा सहमति भए मान्य हुने तर पार्टीप्रति बफादार नरहेको व्यक्तिलाई सहमतिको नाममा जिम्मेवार दिए आफूलाई मान्य नहुने हुसेनको भनाई छ । आम कार्यकर्ताको जनभावना बुझेर मात्रै सहमति गर्न पनि उनले आग्रह गरेका छन् ।

यता निर्वाचन समितिका अधिकृत वेद नारायण यादवले ३ नम्बर क्षेत्रका नेता तथा जिल्ला निर्वाचन कार्यालयको निर्णयबाट एक दिनका लागि चुनावको तालिका हेरफेर गरिएको जानकारी दिए । उनले भने, ‘मैले माथि सम्पर्क गरे । पार्टीको आन्तरिक चुनाव हो सार्नलाई कुनै समस्या नहुने भएकाले सल्लाह अनुसार नै सारेको हो ।’

मंगलबार नेताहरूले सहमतिको पत्र बोकेर आउने बताएपछि एक दिनको समय दिएको उनको भनाइ छ । यदि भोलि कुनै निकास ननिस्किए पर्सि चुनाव हुने समेत निर्वाचन समिति अधिकृत यादवले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ११ : ०० बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा