आफू कमजोर देखिएपछि गच्छदारले रोके सुनसरी तीनको मनोनयन दर्ता | Khabarhub Khabarhub

आफू कमजोर देखिएपछि गच्छदारले रोके सुनसरी तीनको मनोनयन दर्ता


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सहमति गराउने भन्दै सुनसरी क्षेत्र नम्बर तीनको मनोनयन दर्ता नै रोकिदिएका छन् । जिल्लाका अन्य क्षेत्रमा मनोनयन सहज रूपमा भए पनि पार्टीका जिम्मेवार व्यक्तिबाटै सहमति गराउने बहानामा मनोनयन दर्ता कार्यक्रम नै रोकिएको हो ।

पार्टी उपसभापति गच्छदारले दबाब दिएपछि निर्वाचन कार्य तालिका समेत प्रभावित भएको छ । निर्वाचन समितिले जिल्लाभर एकै समय सोमबार बिहान १० बजे मनोनयन दर्ता गर्न भनेको थियो । सोही अनुसार समयमै पुगेका नेता कार्यकर्ताहरू मनोनयनै नगरी फर्किएका छन् ।

सकेसम्म सहमति गर्ने चुनाव नगर्ने रटान लगाउँदै आएका गच्छदारले चुनाव गर्ने समय नै तलमाथि गरिदिएपछि कार्यकर्ता समेत निराश भएका छन् ।

मंगलबार बिहान १० बजे मनोनयन दर्ता गराउने भन्दै निर्वाचन समितिले सूचना टाँसेर निर्वाचन कार्य ताlलका सारेको छ ।

सुनसरीमा चार नम्बर क्षेत्र बाहेक अन्य तीन क्षेत्रमा संस्थापन इतर बलियो देखिँदै आएको छ । गच्छदार आफ्नो क्षेत्रमा आफूलाई प्रभावशाली भन्न रुचाउँछन् । सोही अनुसार चुनाव भए आफ्नो पक्षले हार्ने डरले पनि सहमति खोजिरहेको एक नेताले बताए ।

गच्छदारले सुनसरी तीनको प्रदेश निर्वाचन क्षेत्रमा सहमति गराएका थिए । सभापतिमा इतर समूहका नेतालाई समर्थन गरे पनि महाधिवेशन प्रतिनिधिमा आफ्नो पक्षमा बहुमत पुर्‍याउने उनको योजना छ ।

सहमति गर्ने भन्दै उनले आफू पक्षका नेता तथा कार्यकर्तालाई घरमै बोलाएर छलफल गरिरहेका छन् । उनले फोरम लोकतान्त्रिक फोरम पक्षबाट क्षेत्रीय प्रतिनिधि बनाउने योजनासमेत गरेका छन् ।

संस्थापन पक्ष इतरका मेहेदी हुसेनले क्षेत्रीय सभापतिको उमेद्वारी दिने तयारी गरिरहेका छन् । आफ्नो पक्षमा सहमति भए मान्य हुने तर पार्टीप्रति बफादार नरहेको व्यक्तिलाई सहमतिको नाममा जिम्मेवार दिए आफूलाई मान्य नहुने हुसेनको भनाई छ । आम कार्यकर्ताको जनभावना बुझेर मात्रै सहमति गर्न पनि उनले आग्रह गरेका छन् ।

यता निर्वाचन समितिका अधिकृत वेद नारायण यादवले ३ नम्बर क्षेत्रका नेता तथा जिल्ला निर्वाचन कार्यालयको निर्णयबाट एक दिनका लागि चुनावको तालिका हेरफेर गरिएको जानकारी दिए । उनले भने, ‘मैले माथि सम्पर्क गरे । पार्टीको आन्तरिक चुनाव हो सार्नलाई कुनै समस्या नहुने भएकाले सल्लाह अनुसार नै सारेको हो ।’

मंगलबार नेताहरूले सहमतिको पत्र बोकेर आउने बताएपछि एक दिनको समय दिएको उनको भनाइ छ । यदि भोलि कुनै निकास ननिस्किए पर्सि चुनाव हुने समेत निर्वाचन समिति अधिकृत यादवले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ११ : ०० बजे

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनमाथि अर्को मुद्दा दर्ता

काठमाडौं – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने

काठमाडौं– नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन

सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा

खाँदबारी– सङ्खुवासभाका दुई महत्त्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल आजदेखि औपचारिक

सतह सिँचाइको व्यवस्था नभएका क्षेत्रमा वैकल्पिक सिँचाइ

नारायणगढ– सतह सिँचाइको व्यवस्था नभएको नौ सय हेक्टर क्षेत्रफलमा वैकल्पिक

इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते

एजेन्सी – इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा