लुम्बिनी बिकास बैंकसँग पेमेन्ट सोलुसन्सको सहकार्य « Khabarhub

लुम्बिनी बिकास बैंकसँग पेमेन्ट सोलुसन्सको सहकार्य


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पेमेन्ट सोलुसन्स्ले लुम्बिनी बिकास बैंक लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ।

लुम्बिनी बिकास बैंकको तर्फबाट उमेश रेग्मी, डेपुटी सीईओ विशल जोशी, आईटी र कार्ड प्रमुख तथा सोलुसन्स्‌को तर्फबाट प्रताप श्रेष्ठ, सिमोन श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सोलुसन्सले डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब लुम्बिनी बिकास बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सेवाहरु उपयोग गर्न पाउनेछन् ।

सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरुमार्फत उपलब्ध गराएको छ । साथै डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्च स्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्नेछन्।

सोलुसन एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं ‘क’ वर्ग, ‘ख’ वर्ग र ‘ग’ वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरिरहेको छ । समग्रमा, सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको कम्पनी हो जसले ५० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १५ भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ६ : २२ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको