माओवादी प्रदेश १ अधिवेशन : नीतिभन्दा नेतामा जोड | Khabarhub Khabarhub

माओवादी प्रदेश १ अधिवेशन : नीतिभन्दा नेतामा जोड


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर-  नेकपा माओवादी केन्द्र प्रदेश १ ले दुई हप्ता बितिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन ।

नौ पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी देखीएपछि माओवादीमा नेतृत्व टुंग्याउन सकस परेको हो ।

पदाधिकारीमध्ये अध्यक्षमा मात्र सात जनाले दाबी पेस गरेका छन् । तीन जना उपाध्यक्षको लागि दर्जनबढीको दाबी छ । यस्तै एकजना सचिवका लागि आधा दर्जनको दाबी छ ।

प्रदेश समितिको दोस्रो बैठक बुधबार बस्दै छ । यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी छन् ।

कार्यदलले सहमतिमै नेतृत्व छान्नका लागि सहमतिको अन्तिम प्रयास थालिएको कार्यदलका सदस्य हेमराज भण्डारीले बताए । कार्यदलले सहमति जुटाउन नसकेपछि प्रदेश १ मा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठक मंगलवार (हिजो) विराटनगरमा बसेको थियो । केन्द्रीय सदस्यहरूको बैठकले पनि नेतृत्व छान्न भने सकेन ।

अध्यक्षमा दाबी गर्नेमा झापाका मणिकुमार साम्पाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, पाँचथरका हर्कबहादुर नेम्वाङ र उदयपुरका मोहनकुमार खत्रीलगायतका नेताहरूको दाबी छ ।

महिला उपाध्यक्षमा संखुवासभाकी इन्दिरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी विकलगायतले दाबी गरेका छन् । यस्तै समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादवले दाबी गरेका छन् । खुल्ला उपाध्यक्षमा भने सुनसरीको भोला बस्नेतले दाबी गरेका छन् ।

सचिवमा भने मोरङका गणेश उप्रेती, झापाका सीपी कडरिया, सुनसरीबाट आइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्का लगायतले दाबी गरेका छन् ।

सहमति नभए दिउँसो २ बजेपछि मतदान प्रक्रियाबाट नेतृत्व छान्ने निर्वाचन समितिका संयोजक राजन किरातीले बताए । सहमति नभए बुधबारै चुनाव गरेर मतपरिणम निकाल्ने गरी काम भइहरको उनले बताए ।

माओवादी प्रदेश १ को पहिलो अधिवेशन गत २५ मंसिरदेखि सुरु भएको अधिवेशन नीति केन्द्रित नभई नेता केन्द्रित भएकाले पदाधकारी टुंग्याउन नसकेको मओवादीकै एक नेताको आरोप छ ।

महाधिवेशनको तयारीका लागि केन्द्रका नेताहरू काठमाडौमा जान हतार गरेकाले चुनावबाट भए पनि पदाधिकारी टुंग्याउने तयारी रहेको निर्वाचन समितिका एक सदस्यले बताए ।  ति सदस्यका अनुसार केही नेताले भने महाधिवेशनपछि मात्र नेतृत्व टुंग्याउनु पर्नेसमेत जोड दिइरहेका छन् ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ११ : ५५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर