विवेकशील साझाले ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ गर्ने « Khabarhub

विवेकशील साझाले ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ गर्ने


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीले यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ शुरु गर्ने भएको छ ।

कञ्चनपुरबाट यही पुस २७ गते सुरु हुने यात्रा शहीद दिवसको दिन माघ १६ गते झापामा पुगेर अन्त्य गरिने पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

यात्राको मुख्य उद्देश्य नागरिकका आ–आफ्ना वैचारिक दृष्टिकोण भए पनि ‘विचारभन्दा माथि देश’ नै हो भन्ने भावना प्रवर्द्धन गर्नु हो ।

त्यस्तै राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पुर्‍याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु रहेको छ ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देशको स्वार्थ गौण र राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा एकातर्फ नेपालको स्वाभिमान अत्यधिक रूपमा क्षयिकृत हुँदै गएको र राजनीतिकर्मीले देशलाई शिरमा नराख्दा सुशासनको अपेक्षा गर्न नसक्ने स्थितिमा पुगेको बताए ।

उनले सबै भन्दामाथि देश नै हो भन्ने भावना सबैमा जागृत गराउन र उक्त भावना प्रवर्द्धनको शुभारम्भ गर्ने दिन राष्ट्रिय एकता दिवस बाहेक अर्को हुन नसक्ने बताए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १ : ०२ बजे

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक